सर्वाेच्च अदालतले धमाधम उल्ट्यायो ओली सरकारको निर्णय

काठमाण्डौं, साउन २ ।
अघिल्लो सरकारका पालामा भएको सबै नियुक्ती खारेज गर्ने ओली सरकारको निर्णय धमाधम सर्वोच्च अदालतबाट उल्टिएको छ । मन्त्रिपरिषदले नियुक्त गर्ने र मन्त्रिपरिषदले नै हटाउने प्रावधान भएपनि सर्वाेच्चले यसअघिको सरकारले गरेको नियुक्ती नहटाउन निर्देशन गरेको हो ।

देउवा नेतृत्वको सरकारले नियुक्त गरेका सरकारी पदाधिकारीलाई वर्तमान सरकारले पदमुक्त गर्न नमिल्ने आदेशसमेत दिएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले दायर गरेको रिटमा सुनुवाई गर्दै अदालतले यस्तो आदेश दिएको हो ।

आदेशमा देउवा सरकारले निर्वाचन आयोगको अनुमतिमा प्रक्रिया र्पुयाएर नियुक्ति गरेकाले हटाउन नमिल्ने भनिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज मिश्रको नियुक्ति निर्वाचन आयोगको सहमतिमा गरेको देखिएकाले पदमुक्त गर्न नमिल्ने आदेश दिएको हो ।