सरकारले प्रदेश प्रमुख हटाएसँगै गण्डकीमा प्यासीको चर्चा

पोखरा, कार्तिक १७ ।
मन्त्रीपरिषद्को सिफारिसबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । सरकारको निर्णय बाहिरिन नपाउँदै गण्डकी प्रदेशको प्रमुखमा नेकपाका पूराना नेता सोमनाथ अधिकारी प्यासीको चर्चा सुरु भएको छ ।

लामो समयदेखि एमालेको राजनीति गरेका उनी गएको चुनावमा समानुपातिक उम्मेदवारको सूचीमा थिए । सांसद नबनेपछि कास्की २ को उपनिर्वाचनमा पनि उनको नाम केन्द्र्रमा सिफारिस गरिएको छ ।

यद्यपी धेरै पहिले नै प्यासीलाई गण्डकी प्रदेशको प्रमुख बनाउने बिषयमा छलफल भएको थियो । यसबारे ठ्याक्कै नभने पनि प्यासी निकै बलिया दावेदार हुन् । ‘पहिले पनि एक चरण कुरा भएको हो । नयाँ नियुक्त हुँदा प्यासी कामरेडको नाम अगाडी छ,’ एक नेताले भने, ‘गण्डकीमा वहाँको विकल्प नहोला ।’