सरकारले तोक्यो प्रदेशप्रमुख (कुन प्रदेशमा को?)

पोखरा, माघ ३ ।
सरकारले ७ वटै प्रदेशका लागि प्रदेशप्रमुख तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशप्रमुखको टुंगो लगाएको हो । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ ।
५ जना कांग्रेसको सिफारिसमा हुनेछन् । प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।