सरकारकै सूचीमा बेपत्ता बुढीगण्डकी

पोखरा, जेठ १६ ।
सरकारले ल्याएको बजेटमा बुढीगण्डकी जलविद्युत आयोजनालाई देखिने गरी सम्बोधन भएन । आयोजना प्रभावितलाई मुआब्जा वितरण गरेर निर्माणको चरणमा पुर्याउने भनिएपनि त्यसको मोडालिटीबारे बजेटले बोलेको छैन ।

केही बर्षयता बुढुगण्डकी आयोजनाको मुआब्जाका लागि रकम विनियोजन गर्दै आएको छ । तर पर्याप्त बजेट नभएका कारण स्थानीयहरुमा आयोजना निर्माणप्रति शंका पनि उत्तिकै छ । यो बर्षको बजेटमा पनि अर्थमन्त्री युवाज खतिवडाले आयोजना प्रभावितहरुलाई मुआब्जा वितरण गरी निर्माण प्रक्रिया सुरु गर्ने उल्लेख गरेका छन् ।

१२ सय मेगावाट प्रश्ताव गरिएको आयोजना निर्माणमा ३ खर्व रुपैयाँ लागत लाग्ने अनुमान छ । आयोजना गोरखा र धादिङमा पर्छ । आयोजना निर्माणका लागि लगानी जुटाउन पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रुपैयाँ २ बर्षदेखि जम्मा गरिएको छ ।