समृद्धिको लागि मेरो उम्मेदवारी : विद्या

 

पोखरा, कार्तिक २७ ।

प्रतिनिधि सभा अन्तर्गत कास्की क्षेत्र नं २ का लगि नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार विद्या भट्टराईको चुनावी घरदैलो अभियान बुधबार पोखरा ९ भिमसेनचोक स्थित शहिद भिमसेन दाहालको शालिकमा माल्यार्पण गरी शुरू भएको छ ।

माल्यार्पण पछि बोल्दै उम्मेदवार भट्टराईले शहीदको सपना साकार पार्ने प्रतिवद्धता जनाइन् । उनले विकाशको लहर ल्याउँदै गरिवीको रेखामुनी रहेका नागरिकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् । महिला र यूवा स्वरोजगारका लागि जिम्मेवार भूमिका खेल्ने उनको भनाइ थियो । उनले देश र जनताको चाहना अनुसार समृद्धिको सपना पूरा गर्न आँफू उम्मेद्वार बनेर आएको उनले बताइन् ।

चुनावी घरदैलो अन्तर्गत अहिले पोखराको वडा नं ९ का विभिन्न ठाउँमा अहिले कार्यक्रमहरु भइरहेको प्रचारप्रसार संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।

यसैबीच नेकपाको चुनावी कार्यक्रम अन्तर्गत पोखरा १५ स्थित अमिनतारा टोलमा घरदैलो तथा कोणसभा सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्दै पूर्व स्वास्थमन्त्री तथा नेकपा गन्डकी प्रदेशका सह इन्चार्ज खगराज अधिकारीले भूमिहिनका सबै समस्या सुल्झाउन अब दिन गने काम गर्ने बताए । अब भूमिहिनका समस्या बाँकी नराखी काम गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । उनले समृद्दिको लागि नेकपा उम्मेद्वार विद्या भट्टराईलाइ अत्यधिक बहुमतले विजयी गराउन अपील समेत गरेका छन् ।

कार्यक्रममा नेकपा कास्की सचिव बखान सिंह तमु आभासले पनि विद्याको पक्षमा माहौल बन्दै गएको भन्दै जीतको सुनिश्चितता भइसकेपनि भारी मतले विजयी गराउन अनुरोध गरे ।

पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष प्रकाश पौडेलले वडाले टोल टोलमा गरेका विकाश निर्माण गतिविधिबारे जानकारी गराएका थिए । उक्त टोलमा स्थानीय लक्ष्मी परियारको संयोजकत्वमा ५१ सदस्यीय अमिनतारा टोल निर्वाचन परिचालन कमिटी गठन गरिएको नेकपा वडा कमिटी १५ का अध्यक्ष भक्त बहादुर खत्रीले जानकारी दिए ।