समृद्धिको मुख्य शत्रु भ्रष्टाचार–नेता गुरुङ

पोखरा, असोज ६ ।
नेपाली कांग्रेसका नेता महादेव गुरुङले मुलुकको समृद्धिलाई रोक्ने मुख्य शत्रु राजनैतिक भ्रष्टाचार भएको बताएका छन् । नेपाली कांग्रेसका पोखरा लेखनाथ महानगरपालिका वडा नं २३ का अगुवा कार्यकर्ता भेलामा वोल्दै पूर्वपर्यटन राज्यमन्त्री समेत रहेका गुरुङले कुशल राजनीतिक नेतृत्वले मात्रै जनताको विश्वास पुरा गर्न सक्ने दावी गरे ।
आफु जहिले पनि भ्रष्टाचारको विरुद्धका लडेको भन्दै उनले भ्रष्टाचारका विरुद्ध जनता लड्ने वेला आएको वताए । नेता गुरुङले समृद्धि र स्थायित्व कांग्रेसको नेतृत्वमा मात्रै सम्भव रहेको समेत बताएका छन् । कांग्रेस भित्र मौलाएको गुटको कारखाना अन्त्य गर्न पनि आम कांग्रेसहरुले खवरदारी गर्न आवश्यक रहेकोमा उनको जोड छ ।
नेपाली कांग्रेसका नेता रामजी कुँवरले संविधान निर्माणदेखि कार्यान्वयनसम्मको महत्वपूर्ण अभिभारा कांग्रेसले गरेको भन्दै अवको मुल नेतृत्वमा पनि कांग्रेसका पक्षमा उभिन अपिल गरे । नेपाली काँग्रेसकी नेतृ सरस्वती गुरुङले विकास र स्थायी शान्तिका लागि कांग्रेसको नेतृत्वका विकल्प नरहेको दावी गरिन् ।