सभामुखमाथी बलात्कार आरोप, आवश्यक परे पदबाट राजीनामा दिन्छुः महरा

काठमाण्डौं, असोज १४ ।
संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथी बलात्कार गरेको आरोप लागेको छ । संसदभित्रै कार्यरत एक महिला कर्मचारीले सभामुखले आफुमाथी बलात्कार गरेको अन्तरर्बाता भिडियो रेकर्ड पत्रकारलाई दिएकी थिईन् । त्यसपछि घटनाले नयाँ ट्वीस्ट लिएको छ ।

सत्तारुढ नेकपाका नेता समेत रहेका महराले आफूमाथि लागेको सङ्गीन आरोपमा छानबिनका लागि ‘आवश्यक परे’ राजीनामा दिने प्रष्ट पारेका छन् । उनले आफूमाथि लागेको आरोपका सम्बन्धमा छानबिन गर्न र सत्यतथ्यमा पुग्न सम्बन्धित निकायलाई आग्रह गरेका हुन् ।

‘मैले भनेको छु, छानबिन होस्, म सहयोग गर्छु,’ महराले भने, ‘छानबिनका क्रममा आवश्यक परे राजीनामा दिन तयार छु ।’ राजीनामाका सवालमा जिज्ञासामा महराले एक–दुई दिन अवस्था हेर्ने बताए । ‘घटना प्रचारमा आएजस्तो होइन, त्यसैले मैले प्रष्ट पारेकै छु, छानबिन होस,’ उनले भने ।

ति महिला कर्मचारीले काठमाडौं तीनकुनेस्थित डेरामै आएर बलात्कारको प्रयास गरेको आरोप लगाएकी हुन् । ती महिलाका अनुसार घटना आइतबार साँझ पौने ८ बजेबाट सुरु भएको हो । ‘उहाँ (कृष्णबहादुर महरा) ले दिउँसोदेखि नै आउँछु–आउँछु भनिरहनुभएको थियो साँझ आउनु भयो, साथमा रक्सी लिएर आउनु भएको थियो, उहाँले जोडबल गरेपछि मैले पनि खाएँ,’ ती महिलाले भनिन्, ‘अनि ममाथि हातपात गर्नुभयो ।’

ती महिलाले साढे ८ बजेपछि आफूमाथि बलात्कार प्रयास भएको बताइन् । ‘अति गरेपछि मैले पुलिस बोलाउछु भनेँ, अनिमात्रै ऊ बाहिर निस्कियो,’ उनले भनिन् । ‘पीडित’ महिलाले सभामुख महराले आफूलाई यौन दुर्व्यवहारको प्रयास गरेको आरोप लगाउँदै आफुमाथि महराले ‘जबरजस्ती’ गरेको र दिनभरि ‘डिस्टर्ब’ रहेको बताएकी थिइन् । नेपालन्यूजबाट खवर साभार गरिएको हो ।