सभापतिसँग पार्टी सन्चालनको योजना छैन्, नेतृत्व परिवर्तन हुन्छ : शशांक

 

चितवन, पुस २६ ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवामा पार्टी सन्चालनको योजना नहुँदा समस्या आएको बताएका छन् ।

शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे ।

उनले भने–‘म चार वर्षसम्म चुप लागेर बसेको हुँ । पार्टी सन्चालनका लागि कुनै नयाँ योजना आउँछन् कि भनेर तर आएन । अबको महाधिवेशनले अहिलेको नेतृत्व परिवर्तन गर्छ ।’

सुरुमा नै पार्टी नेतृत्वको विरोध गर्दा पार्टी नै विभाजन हुने भएकाले समय कुरेर बसेको उनको भनाइ थियो ।

‘अहिलेसम्म संगठन विस्तार, विभाग गठन, पार्टी सन्चालन प्रक्रियामा कुनै स्पस्ट खाका आउन सकेको छैन’–कोइरालाले थपे ।

सभापतिप्रति कडारुपमा प्रस्तुत भएका महामन्त्री कोइरालाले अबका दिनमा कांग्रेसले के गर्दा देश उन्नतितर्फ जान्छ भन्ने सोच्नुपर्ने बताए ।

सरकारले पनि केही गर्न नसक्ने र प्रतिपक्षले पनि केही नगर्दा जनतामा निराशा छाएको उनको भनाइ थियो । (रासस)