सडकभरी भैंसी हिड्छन्, गाडी कहाँ कुदाउने ?

पोखरा, जेठ ३१ ।
विहिबार विहान पोखराको सभागृहचोकमा सडकभरी भैंसी देखिए । भैंसी हिडेपछि केही बेर गाडी नै रोकिएका थिए । महानगरपालिकामा नयाँ नेतृत्व आएपछि पहिलो एजेण्डाको रुपमा छाडा चौपायामुक्त शहर बनाउने घोषणा गरिएको थियो ।

तर चौपाया नियन्त्रणमा महानगरले देखिने गरी काम गर्न सकेको छैन । एक समय पोखरा २० भलाममा चौपाया नियन्त्रणका लागि सम्झौता भएपनि अहिले स्थानीयको विरोधले त्यो काम समेत रोकिएको छ ।घरमा पालिएका चौपाया पनि विहान भएपछि सडकमा छोड्ने पोखराको पूरानो चलन हो । यसमा महानगरले नियन्त्रण गर्न सकेको छैन । छाडा चौपाया बढेपछि गाईलाई ट्यागिङ गरेको महानगरले भैंसीलाई चाहीँ गरेको छैन ।

पोखरामा दिनहुँजसो छाडा चौपायाको अवरोधले गाडी दुर्घटना हुने दर समेत बढेको छ । चौपाया नियन्त्रणबारे योजना बनिरहेको महानगरले जनाएको छ ।

तश्विर-देवराज आचार्यको फेसबुकबाट