सगरमाथामा १८ जना पर्वतारोहीको मृत्यु !

काठमाण्डौं, जेठ १३ ।
सगरमाथामा एक आइरिश र एक बेलायती पर्वतारोहीको मृत्यु भएपछि त्यहाँ मृत्यु हुनेहरूको संख्या १८ पुगेको छ । पर्वतारोहण अभियान आयोजकहरूले शनिवार यो जानकारी दिएका हुन् । अधिकारीहरूका अनुसार, अधिकांश पर्वतारोहीहरूको मृत्यु थकान, कमजोरी र भीडभाडका कारण भएको हो ।

बेलायती पर्वतारोही रबिन फिशर शनिवार बिहान सगरमाथाको शिखर पुगे तर तल ओर्लिने क्रममा उनको मृत्यु भयो । एभरेस्ट परिवार एक्सपेडिसनका मुरारि शर्माले भने, ‘हामीहरूका गाइडले सहायता गर्ने कोशिश गरेका थियौं तर फिशरको मृत्यु भयो ।’

सगरमाथामा भारतका चार अनि अमेरिका, अस्ट्रिया र नेपालका एक एक पर्वतारोहीको मृत्यु एक हप्ताको बीचमा भएको छ । शिखरमा पुग्नका लागि पर्वतारोहीहरूले दुई घन्टाभन्दा बढी समय कुर्नुपर्दा पनि मृत्यु भएको हो ।

सगरमाथाको शिखर चढ्नका लागि पर्वतारोहीको जाम लागेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि पर्वतारोहीहरूको सुरक्षामा प्रश्न उठेको छ । दुई सयभन्दा बढी पर्वतारोहीले शिखर पुग्ने कोशिश गर्दा सगरमाथामा ट्राफिक जाम भएको हो ।