संस्थालाई अनुभवी नेतृत्व चाहिन्छ–मुल्मी

पोखरा, असोज ४ ।
पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशन लगभग अन्तिम संघारमा आईपुगेको छ । यसका लागि उम्मेदवारहरु घरदैलोमा ब्यस्त छन् भने आन्तरिक रणनीतिहरु पनि बुनिरहेका छन् । यो चुनाव पोखरेली ब्यवसायी मात्र नभई देशभरका ब्यवसायी र पोखराका सर्वसाधारणलाई पनि बहुत चासो हुन्छ । यसै बिषयमा हामीले नेपाल उद्योग बाणिज्य महासघंको समेत नेतृत्व गरिसकेका पोखराका पूर्व अध्यक्ष आनन्दराज मुल्मीसँग कुराकानी गरेका छौं ।

अहिले पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्वको लागि हुने निर्वाचनबारे निकै चर्चा परिचर्चा चुलिएको छ । २०११ साल, जुनबेला नेपालको राजनीति खुला हुन सकेको थिएन । स्वतन्त्रता पश्चात पनि जनताको लागि सविधान बन्न सकेको थिएन । जनताद्धारा प्रतिनिधि छान्ने अबस्था थिएन । त्यस्तो अबस्थामा पोखरामा ब्यवसाय गरेर बसेका तर, राजनीतिक चेतना भएका ब्यक्तिहरु सामुहिक रुपमा संगठित हुने दृष्टिकोणले पोखरा ब्यापार संघ स्थापना हुन पुग्यो ।

स्थापना कालदेखि नै ब्यापारी समुदायलाई हित हुने, सेवा पुग्ने कार्यदेखि शैक्षिक संस्थाको स्थापना, सामाजिक कामहरुमा सहयोग, खानेपानी आपुर्तिमा हातेमालो, विपद् ब्यवस्थापनमा सहयोग र आम जनतालाई चाहिने सामानको आपूर्तिमा तल्लीन हुँदै यो अबस्थामा आइपुगेको हो । मलाई सम्झना छ, पोखरा उद्योग बाणिज्य संघले पंचायति ब्यवस्थामा समेत संघको नेतृत्वको लागि निर्वाचनहरु हुँदै आफ्नो विचारसँग, धारणासँग एकठाउँमा बस्ने समुह बनाउँदै चुनावमा भाग लिएर प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गर्दै आएको छ ।

सरकारले बनाएको नीति नियम, करप्रणाली आदी कुरामा ब्यवसायिक हित नदेखिएको अबस्थामा दबाब दिने, आन्दोलन गर्ने, हडताल आह्वान गर्ने, कार्य समेत पटक–पटक हुँदै आएको छ । २०४६ सालको आन्दोलन अगाडी पनि प्रजातान्त्रिक ब्यवस्था हुनुपर्ने, खुला शासन प्रणाली हुनुपर्ने बिचार राख्दै अगाडी बढेको पोखरा उद्योग वाणिज्य संघले तत्कालीन राजा बिरेन्द्र पोखरा मुकाम हुँदा २०४५ चैतमा पोखरामा आम हड्ताल आह्वान गर्दा गण्डकी अञ्चल, कास्की प्रशासन र पंचायती नेताहरुको छटपटि धानिसक्नु थिएन । जसका कारण यहाँका उद्योगी व्यापारीहरु माथी ठुलो दबाब सिर्जना गर्ने, धम्की दिने कार्य पनि भएको थियो ।

त्यैपनि, स्थानीय प्रशासन, नगरपालिकाहरुसँग सहकार्य पनि सँगैसँगै अगाडी बढेको थियौं । पोखरा सभागृह, महेन्द्रपुल निर्माणमा प्रत्यक्ष संलग्न र सुनौली पोखरा राजमार्ग, पृथ्वीराजमार्ग, सेती जल उपयोग आयोजना, पोखरा क्षेत्रमा पक्की सडकहरु बनाउन हातेमालो गर्ने काममा पनि सँगै अगाडी बढेको थियो । त्यसैले स्थापना काल देखि नै पोखरा उद्योग वाणिज्य संघ गलत कार्यको विरुद्ध, अन्यायको विरुद्ध, बन्द समाजको विरुद्ध अहिले पनि आवाज बुलन्द गर्दै आफ्ना ब्यवसायहरुको हक र हित संरक्षणमा तल्लिन हुँदै यो अबस्थामा आइपुग्दासम्म नेपालमा महोत्सवको ब्यापारिक सामाजिक अवधारणालाई अगाडी सा¥यो । नेपाल उद्योग वाणिज्य महासंघ स्थापना गर्न यही संस्थाले पहलकदमी गरेको थियो । विदेशमा रहेका उद्योगग वाणिज्य संस्थासँग सहकार्य गर्ने र नेपालमा परियोजना सञ्चालन गर्ने पहिलो संस्थाको रुपमा पोखरा उद्योग बाणिज्य संघको परिचय छ । आफ्नो सभागृह निर्माण गर्ने पहिलो संघ बन्यो ।

धेरै वर्षसम्म जिल्ला उद्योग वाणिज्य संघहरुको सामुहिक रुपमा एक ठाउँमा राख्ने, सँगै अगाडी बढ्ने काममा नेतृत्व लियो । अहिले आएर यो काम अलि पछि धकेलिएको छ । पोखरा ब्यापार संघ हुँदै पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिको पदाधिकारी हुने ब्यक्तिहरु अन्यत्र संस्थामा नेतृत्व लिएको पाउछौँ । अन्यत्र नेतृत्व लिएर ब्यवसायिक मित्रहरुले पोखरा उवासंघमा विभिन्न पद लिँदै नेतृत्व हाँसिल गरेका छन् । यो कुनै नयाँ कुरा होइन ।

अहिले एउटै ब्यक्ति दुईवटा पदमा किन आवश्यक पर्याे भन्ने बहस चलेको छ । हामीले के कुरा विर्सन हुँदैन भने स्थानीय तहमा जनप्रतिनिधी भएर निर्वाचित भएको ब्यक्तिले सबै राजनितिक दलको प्रतिनिधीत्व गर्दछ । स्थानीय तहमा निर्वाचित गरिनु मूल उदेश्य, आफ्नो वडाको नागरिकको चिन्ता चासोमा सहभागी हुनु हो । दैनिकी वा अन्य सम्बन्धमा समस्या पर्याे भने त्यसलाई कसरी फुकाउने भनेर सहयोगी पात्र बन्ने हो । वडामा कुनै मनमुटाव वा छरछिमेकी बीच सानो झै झगडा भयो भने त्यसलाई मिलाईदिने हो । वडामा बाटो–घाटो मर्मत सम्भार गर्न, बाटो खोल्न, चौडा गर्न, पानी विजुली समस्या भयो भने समाधान गर्न, अप्ठ्यारोलाई फुकाउन वडाअध्यक्षको रुपमा जिम्मेवारी पाएको हुनाले उ कुनैपनि दल विशेषको हुन सक्दैन । उ त सबैको हो । वडा बासीको जनप्रतिनिधी हो । कुनै पार्टीको प्रतिनिधी हुँदै होइन भनेर बुझ्नु पर्दछ ।

अर्काे महत्वपूर्ण कुरा, अब राजनीति गर्ने मनसुवा राख्नेहरुले आफु कुनै पेशा ब्यवसायमा संलग्न भयो भने राम्रो राजनितिक संस्कार हुन्छ भनेर सबै पार्टीहरुले अंगिकार गरेका छन् । त्यसैले एक जना ब्यवसायी, त्यो पनि पुस्तौं रैथाने ब्यवसायीको रुपमा रहिआएको छ । वडा अध्यक्ष बनेर के ठुलो नचाहिने काम गरेको छ र ? वडा अध्यक्ष बन्नै नहुने ? वडा अध्यक्ष भए पछि अन्त कतै पनि भाग लिनै नहुने ? यस्ता संकुचित विचारलाई त्याग्नुपर्छ । हामी खुला समाजका पक्षपाती हौं । खुला र स्वच्छ प्रतिस्पर्धा गर्ने दृष्टिकोण राख्नु पर्दछ । एक जना ब्यक्ति दशौं वर्ष पोखरा उद्योग वाणिज्य संघलाई सशक्त बनाउनु पर्दछ भनेर योगदान पु¥याउँदै आएको छ । कार्य समितिको सदस्य हुँदै अनेकन पद ग्रहण गर्दै अनुभव बटुल्दै आएको छ । त्यसबापत नै बरिष्ठ उपाध्यक्षको पदमा पुगेको छ । त्यस्तो ब्यक्तिलाई अध्यक्ष पदमा उपयुक्त छैन भनेर भन्छ भने, त्यो साह्रै पक्षपाती र पूर्वाग्राही कुरा हो । यति लामो समयसम्मको अनुभवलाई अध्यक्ष पदमा निर्वाचित भएर पुन एक पटक योगदान पु¥याउँछु, सेवा गर्छु भन्छ भने त्यो भन्दा सदासयता के हुन सक्छ ?

अर्काे दृष्टिकोणले हेर्ने हो भने वडाअध्यक्ष पनि बरिष्ठ उपाध्यक्ष पनि भएर पोखरा उद्योग वाणिज्य संघको दुई वर्षे कार्यकालमा (२०७३–२०७५) संलग्न भएकै छ । प्रतिनिधित्व गरेकै छ । ति वर्षहरुमा यो उपयुक्त पात्र भएन भनेर एक शब्द कसैले निकाल्यो ? कतै केही टिप्पणी भयो ? अनि अहिले निर्वाचनको बेलामा अध्यक्ष पदको लागि प्रतिश्पर्धा गर्ने अबस्थामा अरु कुनै टिकाटिप्पणी गर्ने विषय नपाएर यस्ता वाहियात आरोप लगाउनु कुनै पनि ब्यवसायीको लागि सुहाउने कुरा हुँदै होइन । यस्ता कुराको पछाडी लाग्नु उचित छैन पनि ।

स्वस्थ प्रतिस्पर्धामा उत्रनु नै अहिलेको आवश्यकता हो । आरोप नै लगाउने हो भने गम्भिर आरोप लगाउने ठाउँहरु प्रसस्तै छन्, अरुमा पनि । बर्तमान अध्यक्ष, वर्तमान उपाध्यक्ष, वर्तमान महासचिब, पूर्वअध्यक्ष सहितको सहमति सुरक्षित नै छ । जसमा २०७५–०७७ को लागि वरिष्ठ उपाध्यक्ष रबिन्द्र बहादुर प्रजुलाई अध्यक्ष बनाउने लिखित दस्तावेज बनाईएको थियो । यो सहमति कार्यान्वयन गर्नु भनेकै उल्लेखित ब्यक्तिहरुको निर्णय स्वीकार्नु हो । तर, सहमति गर्ने कार्यान्वयन नगर्ने प्रवृत्ति निजी क्षेत्रको लागि घातक हुन जान्छ भन्ने पनि बुझ्नु पर्दछ । यो सहमति कार्यान्वयन गर्न सहिछाप गरेका ब्यक्तिहरु नै किन हिचकिचाए ? किन आफ्नो बोली र धारणा फेरे ? किन अविश्वासको वातावरण सिर्जना गरे भनेर भन्ने थुप्रै ठाउँहरु छन् ।

त्यसैले स्वस्थ प्रतिश्पर्धामा आफुलाई स्थापित गर्नुपर्दछ भन्ने पोखरा उद्योग वाणिज्य संघको मूल्य र मान्यतालाई लामो समयसम्म स्थापित गर्न जरुरी छ । मुलुकको आर्थिक र सामाजिक स्वास्थ्य खराब स्थितीमा भएको बेला यसलाई सुधार्न सबै ब्यवसायीहरु लाग्नु पर्ने अहिलेको आवश्यकता हो । त्यसतर्फ गम्भिर भई आम पोखरेली ब्यवसायीहरुले विवेकपूर्ण उचित निर्णय लिई नेतृत्व छनोट गर्ने अवस्था छ । मानसिको अनुभवले ठूलै योगदान पु¥याउँछ । त्यसैले अनुभवी र ज्ञानयुक्त ब्यक्तिको खाँचो छ ।

नेपाल उद्योग बाणिज्य महासंघ र पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष भैसकेका पोखरेली उद्योगी आनन्दराज मुल्मीसँग गरिएको कुराकानीमा आधारित ।