संसद विघटन खारेज गर्न सर्वोच्चमा मुद्धा हाल्दै विपक्षी

पोखरा, जेठ ९ ।
विपक्षी पार्टीहरुले संसद विद्धटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । उनीहरुले सिंह दरबारमा सांसदहरुको हस्ताक्षर संकलन थालेका हुन् । कांग्रेस, माओवादी र जसपाको संसदीय दलको कार्यालयमा हस्ताक्षर र नागरिकता संकलन सुरु भएको हो ।

सबैको हस्ताक्षर बटुलेपछि सर्वोच्चमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ । सके आजै, नत्र सोमबार रिट हाल्ने तयारी भइरहेको कांग्रेसले जनाएको छ ।

शुक्रबार शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै १४९ सांसदले हस्ताक्षर गरेका थिए । तर राष्ट्रपतिले भने बहुमत पु¥याउन नसकेको भन्दै प्रधानमन्त्री नियुक्त गरिनन् । त्यसपछि विपक्षीहरु रुष्ट छन् । उनीहरुले राष्ट्रपतिको कदमलाई प्रतिगामी भनेका छन् ।