संसद बैठकमा मन्त्रीलाई सांसदको प्रश्न–पोके बजेट खोल्ने बेला भएन र ?

पोखरा, माघ १६ ।
माननीय सभामुख महोदय,
२०७५/०७६ को विनियोजित बजेट साथै अत्यधिक चर्चाको रुपमा रहेको पोके बजेट खोल्ने बेला भएको छैन र मन्त्री ज्यू ? नीति तथा कार्यक्रम पारित गर्दा मन्त्री ज्यूहरुले सम्पूर्ण माननीय सदस्य ज्यूहरुको सहभागितामा हुनेछ भन्नुहुन्थ्यो ।

तर आज करिव ६ महिना वितिसक्दा पनि खै त काम सुरु भएको ? म प्रश्न गर्न चाहान्छु । जनताको अपेक्षा तथा प्रदेश सरकारको अनुभुति हुने गरि काम सुरु हुन किन सकेन ? ६ महिना वितिसक्दा १० देखि १२ प्रतिशत मात्रै बजेट खर्च भएको अर्थ मन्त्रालयको निष्कर्ष छ ।

त्यसमा चालू १० र पूँजीगत २ प्रतिशत मात्रै खर्च भएको छ । अनि यस्तो सुस्त र मन्द गतिले समृद्धीको गोल हान्न सकिएला र सभामुख महोदय ? यही चाल हो भने नयाँ ढोका राम्रो हुने संकेत त मैले देखिन न नि !
(गण्डकी प्रदेशसभा बैठकमा जनमोर्चाकी सांसद पियारी थापाले दिएको बक्तब्य)