संसदलाई जीवन्त राख्न प्रयास गर्छु : सभामुख सापकोटा
काठमाडौं, माघ १६ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई जीवन्त राख्न प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।
‘सबै कुराको सुरुवात हुने थलो भनेको संसद नै हो । यसलाई कसरी जीवन्त राख्न सकिन्छ, त्यसमा मेरो सक्दो प्रयास हुनेछ’ बिहीबार संसदीय मामिला पत्रकार समाजले सिंहदरबारमा गरेको कार्यक्रममा सभामुख सापकोटाले भने ।
सदनलाई जीवन्त बनाउनका लागि सबै पक्षसँग छलफल र संवाद गरेर जाने उनले बताए । ‘ज्ञानको केन्द्रीकरण सामूहिकतामा हुन्छ । सबैसित अन्तर्क्िरया छलफल गर्छु’ सापकोटाले भने ।
डबल स्टयान्डर्ड मन पर्दैन
सभामुख सापकोटाले आफूलाई डवल स्ट्याण्डर्ड (दोहोरो चरित्र) मन नपर्ने पनि बताए ।
१५ बर्षको अध्यापन, जनयुद्धमा सहभागी र त्यसपछिको १२ बर्ष खुला राजनीतिमा पार्टी प्रवक्ताको जिम्मेवारी लगायतको भूमिका निर्वाह गरेको भन्दै उनले आफ्नो जीवन खुला किताबजस्तो भएको बताए ।
कार्यक्रममा संसदीय पत्रकारले लवि रिपोर्टिङको व्यवस्थाको माग गरे । जवाफमा सभामुख सापकोटाले त्यसबारे छलफल गर्ने बताए ।
(अनलाइनखबरबाट साभार)