संघीय सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

काठमाण्डौं, जेठ ७ ।
संघीय सरकारले आगामी बर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रश्तुत गरेकी हुन् । पञ्चबर्षिय ढाँचाको जस्तो देखिने नीति कार्यक्रममा अधिकांश ५ बर्षे कार्यक्रमहरु समेटिएका छन् । पछिल्लो समय अयात उच्च बृद्धि भएर व्यापार घाटा बढ्न थालेपछि सरकारले निर्यात बढाउने नीति अख्तियार गरेको छ । जसका लागि कृषि व्यावसायीकरणका लागि जोड दिइने जनाईएको छ ।

यस्तै ५ वर्षमा अहिलेको प्रतिव्यक्ति आम्दानीलाई दोब्बर बनाउने, रोजगारी सृजना गर्ने, उच्च आर्थिक बृद्धिद्धर सहितको समृद्ध अर्थतन्त्र बनाउने सरकारको नीति छ । शिक्षा, स्वास्थ्य खानेपानी र सरसफाइमा लगानी बृद्धि गर्ने, पाँच वर्षमा देशभित्रै रोजगारी सृजना गर्ने आश्वासन पनि सरकार दिएको छ । सरकारको नीति तथा कार्यक्रमले देशभित्रै रोजगार सृजना गर्न प्रधानमन्त्री रोजगार कोषको घोषणा गरेको छ ।

पूर्ण पाठ हेर्नुस्