संघलाई व्यवसायीमैत्री संस्था बनाउँछु–अधिकारी

पोखरा, भदौ २८ ।
पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशन नजिकीदै गर्दा सुनावी सरगर्मी बढ्दै गएको छ । आउँदो असोजको ५ र ६ गते हुने महाधिवेशनबाट नयाँ पदाधिकारी सहितको टिम ल्याउन दामु अधिकारी र रविन्द्र बहादुर प्रजुले आ–आफ्नो प्यानल सहितको टिम बनाएर चुनार्वी मैदानमा उत्रिदैछन । उम्मेदवारीका विषयमा अध्यक्ष पदका दुवै उम्मेदवार संग गरिएको कुराकानी ।

तपाईको उम्मेदवारी के का लागि ? तपाईको नेतृत्व किन चाहियो पोखरा उद्योग बाणिज्य संघमा ?

स्वभाविक हिसावले संघ संस्थामा काम गर्दै गए पछि आफुमा नेतृत्व गर्न सक्ने निखारता आउँछ । अनुभवका हिसावले पनि मैले संघमा मेरो भिजनका साथ अगाडी लैजान सक्छु भन्ने अवसर ठानेको हो । म पोखरा उद्योग बाणिज्य संघमा मात्रै होइन, अन्य धेरै सामाजिक संघ संस्थामा काम गरेको लामो अनुभव लिएर उपस्थित भएको छु । यसर्थ पनि यो ३२ औं महाधिबेशनमा म अध्यक्ष पदको उम्मेदबार बन्नका निम्ती अगाडी सरेको हुँ ।

यस अघि कुन कुन संस्थामा कसरी नेतृत्व प्रदान गर्नुभएको छ ?

मैले विशेष गरि आफ्नो पेशागत संस्था, सामाजिक संस्थाहरुमा नेतृत्व सम्हालिसकेको अनुभव छ । गण्डकी अटोमोवाइल्स डिर्लस एसोसिशनमा बिधान बनाउने काम देखि ंसंस्थालाई अगाडी बढाउने काम गरे । म त्यहाँ संस्थापक सचिब थिएँ । पोखरामा त्यस्तै संस्था अर्को पनि भएकोले हामीले मर्ज गर्यौं । पश्चिमाञ्चल डिलर्स एसोशिएसनको संस्थापक महासचिब भएर काम गरे । यसै संस्थाको म अध्यक्ष भएर पनि काम गरेँ । नेपाल अटोमोवाइल्स डिलर्स एसोसिएसनमा उपाध्यक्ष भएर पनि काम गरें । पोखरा उद्योग बाणिज्य संघमा मैले ३ कार्यकाल कार्यसमितीमा रहेर काम गरें । ३१ औं महाधिबेशनमा मैले महासचिवका रुपमा प्रस्तुत गरें । आम मतदाता, उद्योगी व्यवसायीको विश्वासको मत लिएर मैले महासचिवको जिम्मेवारी सम्हाल्दै आइरहेको छु ।

चुनाव हुने निश्चित छ । तर तपाईहरु राजनीतिक पार्टीगत रुपमा प्यानल बनाएर चुनावी मैदानमा आउनुभयो भन्ने आरोप छ । के भन्नुहुन्छ ?

यसमा आम मतदाता, उद्योगी व्यवसायीहरु स्पष्ट हुन पनि जरुरी छ । हामीले साझा टिम बनाएर जाउँ, एउटै टिम बनाएर जाउँ भनेर प्रयास गरेका थियौं । विभाजित नबनौं । वर्तमान कार्यसमितीमा भएका साथीहरु एउटै टिममा बसेर जाउँ भन्ने एक खालको गृहकार्य बनिसकेको थियो । भित्र हामीले एउटा गृहकार्य गर्यौ, बाहिर अर्कै फ्रेम बनिसकेको अवस्था रहेछ । मैले कुनै राजनीतिक पार्टीमा आस्था राख्नु सामान्य हो तर अहिलेको चुनावमा मैले राजनीतिक रङ्ग दिन आएको होइन ।

तपाईलाई पार्टीले उम्मेदवार बनाएर पठाएको हो कि होइन ?

होइन । स्वभाविक हिसावले म राजनीति कर्मी होइन । मलाई पार्टीले पठाएर चुनाव लड्न आएको होइन ।

त्यसो भए तपाईको प्यानलमा भएका सबै नेकपा, र अर्को प्यानलमा भएका सबै उम्मेदवार नेपाली कांग्रेसको हुनु संयोग मात्रै हो त ?

यो संयोग मात्रै नभएर बाध्यता पनि हो । मैले हाम्रै कार्यसमितीका अग्रज साथीहरु संग उहाँकै नेतृत्वमा जाने भनेर सल्लाह गरको थिएँ । उहाँहरुले नै हामीले डेमोक्रेटिक प्यानल मार्फत चुनावमा जान्छौ भनेर भन्नुभयो । मैले त्यसरी नजाउँ, मिलाएर जाउँ भनेर कतिपय साथीहरुलाई भने उहाँहरुले होइन हामीलाई पार्टीले कारवाही गर्छ भनेर भन्नुभयो र हामीले फरक प्यानल बनाउनु पर्यो । यसरी प्यानल बनाउनु हाम्रो बाध्यता हो ।

यसरी राजनीतिक रुपमा आउँदा पोखरा उद्योग बाणिज्य संघको गरिमा थियो । यसलाई बचारराख्न सक्नुहुन्छ ?

अहिले राजनीतिक रङ्ग जस्तो देखिए पनि पोखरा उद्योग बाणिज्य संघको गरिमा प्रति म निकै संबेदनशिल छु । पोखरा उद्योग बाणिज्य संघको जुन मिसन हो त्यो उद्द्ेश्य प्राप्तीका लागि कटिवद्द रहने छु । राजनीतिक रुपमा कसैलाई पनि भेदभाव हुँदैन, हुनेछैन ।

तपाईहरु हतारिनुभयो, प्यानल घोषणा गर्नुभयो हैन ?

हामीले पत्रकार सम्मेलन मार्फत पहिले घोषणा गरेको स्वभाविक हो । तर यस भन्दा अघि उहाँहरुको प्यानलनै सामाजिक सञ्जालमा आइसकेको थियो । यो पनि त उहाँ को आधिकारिक नै हो थियो । उहाँहरुको नै टिम फाइनल भइसके पछि हामीले त्यो टिममा नअटाएका साथीहरुलाई लिएर अगाडी बढेका हौं । हामी त अन्तिम सम्म नै मिलौ भन्ने पक्षमा नै थियौं । हामीले व्यवसायिक समाबेशी टिम भनेर अगाडी सारेका छौं ।

तपाईले अघिल्लो महाधिबेशनको सहमतीलाई ब्रेक गर्नुभयो भन्ने आरोप छ नि ?

३१ औं महाधिबेशनमा हामीले सहमती गरेकै हो । यो विचमा मुलुकमा परिवर्तनहरु भए । हाम्रै कार्यसमितीमा भएका बरिष्ठ उपाध्यक्ष रबिन्द्र बहादुर प्रजु पनि जनप्रतिनीधि बन्नुभयो । वास्तवमा उहाँले नै मलाई शुभकामना दिनुभएको थियो । म जनप्रतिनिधी भइसकें, भाई अगाडी बढ्नुहोला भन्नुभएको थियो । त्यति बेला उहाँलाई अध्यक्ष बनाउने कुरामा सहमती बनेको हो । म स्विकार गर्छु । तर जनप्रतिनिधी भइसकेपछि उहाँ आफैले पोखरा उद्योग बाणिज्य संघमा नआउने मनसाय व्यक्त गरिसकेकोले नै म अगाडी बढेको हो । उहाँ जनप्रतिनीधि नभएको भए वा अन्य कुनै पनि भुमिकामा नभएको भए म हतार गरेर यसरी चुनाव लड्न आउने थिइन ।

पोखरा उद्योग बाणिज्य संघले मेला बाहेक देखिने गरि व्यवसायिक हकहितका काम गर्न सकेन भन्छन । के के गर्यो त पोखरा उद्योग वाणिज्य संघले तपाई महासचिव हुँदा ?

खासमा आरोप लगाउन दोष देखाउन सजिलो हुन्छ । हामीले यो दुइ वर्षमा देखिने गरि र पोखराका जनता प्रत्यक्ष लाभान्वित हुने गरि काम गरेका छौं । हामीले हाम्रो नेतृत्वमा पोखरामा सोलार बत्ति जडान देखि लिएर पोखराको खानेपानी मुहानलाई व्यवस्थित बनाउने काम गर्यौं ।

उद्योगी व्यवसायीको समस्यालाई कसरी बुझ्नुभएको छ ?

उद्योगी व्यवसायीको अहिले देखिएको साझा समस्या भनेको करको अन्यौल, पार्किङ्गको समस्या, घरभाडा तथा सम्झौताका कुरा पनि छन् । घरभाडाका करका कुरा पनि छन् । यि सबै समस्याका विषयमा हामी मध्यस्थताको भुमिका निवार्ह गरेर व्यवसायीको पक्षमा काम गर्न लाग्नेछौं ।

तपाईले चुनाव जित्ने आधार के हो ?

मेरो टिम सबै क्षेत्रको व्यवसायबाट रहेका छन् । पोखरा उद्योग बाणिज्य संघलाई पुर्ण रुपमा व्यवसायी मैत्री संस्था बन्ने छ । मलाई व्यवसायीले हरेक समय भेट्न सक्नुहुनेछ । मलाई नेता मान्नु भन्दा पनि पहरेदारका रुपमा मान्नुभए हुन्छ । ३ हजार ३ सय ७७ जना सदस्यहरुका समस्या सुन्न तथा निराकरण गर्नका लागि आउने हो । त्यसैले सबैले विश्वास गर्नुहुन्छ भन्नेमा म ढुक्क छु ।