श्रेयाको हत्यारा कुसुम को हुन् ? जो जेलभित्रै मर्नुपर्छ ! (घटना विवरण पढ्नुस्)

पोखरा, पुस ५ ।
पोखरा २२ पुम्दीभुम्दीकी १० बर्षिया बालिका श्रेया सुनारको बलात्कार पछि हत्या गर्ने आरोपी कुसुम पौडेललाई जन्मकैदको सजाएँ सुनाईएको छ । बुधबार जिल्ला अदालत कास्कीका न्यायधिश योगेन्द्रप्रसाद शाहको इजलासले कुसुमलाई आजिवन काराबासको सजाएँ सुनाएको हो ।

जवरजस्ती करणी गरि कर्तब्य ज्यानको मुद्धामा उनलाई नमरुञ्जेलसम्म जेलमा राख्न फैसला सुनाएको अदालतका श्रेष्तेदार जगन्नाथ पौडेलले जानकारी दिए । पौडेल विरुद्ध पोखरा २२ का मीनमबहादुर विकले किटानी जाहेरी दिएका थिए । पौडेलमाथी भएको जन्मकैदको फैसला नेपालको ईतिहासमै पहिलो फैसला हो ।

मुलुकी अपराध संहिता २०७४ ले ६ किसिमको अपराधलाई जीवित रहँदासम्म कैदमा राख्न मिल्ने ब्यवस्था गरेको छ । जसमा बलात्कारपछि हुने हत्या पनि पर्छ । मुलुकी अपराध संहिता ऐन २०७४ दफा ४१ (च) अनुसार कुसुमले जवर्जस्ती करणी गरी ज्यान मारेको ठहर भएकाले उनी जीवनभर जेल बस्नुपर्छ ।

गएको असोज ८ गते कुसुमले श्रेयाको हत्या गरेका थिए । रक्सीले मात्तिएर उनले श्रेयामाथी बलात्कार गर्न खोजेको र श्रेयाले प्रतिकार गर्दा घाँटीले थिचेर बेहोस बनाएका थिए । बलात्कार गरिसकेपछि उनले ढुंगाले हानेर श्रेयाको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । कुसुमलाई कास्की प्रहरीले २४ घण्टा पनि नवित्दै गाउँबाटै पक्राउ गरेको थियो ।

जिल्ला न्यायाधिवक्ता गुरुप्रसाद वाग्ले, सहायक जिल्ला न्यायाधिवक्ता नवराज रेग्मी र पूर्णप्रसाद शर्माले पौडेलको विपक्षमा बहस गरेका थिए । त्यस्तै उनको पक्षमा वैतनिक अधिवक्ता कृष्णकुमार श्रेष्ठले बहस गरेका थिए । दोषीउपर कडा सजाएँको माग गर्दै श्रेयाका आफन्तले एकसातासम्म आन्दोलन समेत गरेका थिए । हत्या आरोपमा पौडेल गत असोज १० गते नै पक्राउ परेका हुन् ।

यस्ता फैसलाले अपराध न्यूनिकरणमा समेत टेवा पुग्ने अदालतका श्रेस्तेदार जगन्नाथ पौडेल बताउँछन् । ‘मुलुकी अपराध संहितामा ६ वटा अपराधलाई आजीवन काराबास भनेर तोकेको छ । सोही अनुसार फैसला सुनाईएको हो, उनले भने–अपराध गर्दा कस्तो कारबाही भोग्नुपर्ने रहेछ भनेर यसले उदाहरण पनि दिएको छ । अपराधिक मानसिकता भएकाहरु यस्ता फैसलाले पक्कै हच्किनेछन् ।’ स्याङजाको आरुखर्क घर भएका पौडेल पोखरा २२ पुम्दीभुम्दीको कोदीमा बस्दै आएका थिए ।

यस्तो छ घटना विवरणः

श्रेया मामाघर नै बस्थिन् । स्थानीय लीला आधारभूत माविमा उनी ३ कक्षामा पढ्थिन् । मंगलबार पनि उनी स्कुल गईन् । हजुरआमा मेला गएकी थिईन् । खाजा खानेबेला पानी आएको थियो । स्कुलबाट श्रेया सार्थीसँगै फर्किरहेकी थिईन् । ओँत परेर बसेकी हजुरआमासँगै स्कुलबाट फर्केकी श्रेया बसिन् । हजुरआमाले खाजा खाईसकेको र चिया खान बाँकी रहेकाले त्यो चिया श्रेयाले खाईन् ।

पानी बिदा भएपछि उनकी साथी आफ्नो घरतिर गईन् । हजुरआमा नातिनी सँगै घर फर्के । कपडा फुकालेपछि भोक लाग्यो भनिन् । माइजुले खाजा बनाएको होला खाउ भनेर हजुरआमाले भनिन् । पाँच रुपैंया लेउ भन्दै ढिपी कसिन् । हजुरआमाले पाँच रुपैंया दिईन् । टिभी हेरेर बस भनेर मामा र हजुरआमा घाँस काट्न गए । घाँस लिएर आउँदा श्रेया भेटिनन् । भोटे भोटे भनेर हजुरआमाले बोलाईन् । कतै सुनिएन । कान्छी फुपु, हजुरबुबा कसैलाई पत्तो भएन ।

पाँच रुपैंया पाएपछि श्रेया पाँच मिनेटको दुरीको पसलमा समेत पुग्न पाइनन् । मेलामा हजुरआमाको भाग चिया मात्र खान पाएकी थिईन् । घरमा माइजुसँग खाजा पनि खाईनन् । हजुरआमाले दिएको ५ रुपैंया लिएर उनी नजिकैको पसलतिर दौडिन् । यो मंगलबार ५ बजेपछिको समय हो ।

खाजा पसल त्यो गाउँकै जक्शन हो । जहाँ बेलुकी समय भिडभाड हुने गर्दछ । केटाहरु भेला हुन्छन् । स्थानीय २७ वर्षीय कुशम पौडेलले पसलमा रक्सी खाए । उसको ग्याङमा ५ जना थिए । गाँजा पनि खाए । कुशुमले ब्याग पनि बोकेका थिए । प्रत्यक्षदर्शीका अनुसार असिन पसिन देखिन्थ्यो ।

बेलुकी ६ बजेपछि पाँच जना आ आफ्ना घरतिर लागे । पसलमा खुकुरी चुरोट किने अनि कुशुम पनि घर हिँडे । श्रेया हातमा पाँच रुपैंया नोट बोकेर आइरहेको देखे । कोदीको झाडी भएको ठाउँ देखेपछि कुशुमको मनमा एकाएक पाप पलायो । उसले आफूतिर बोलाए । ५ रुपैंया लिएर पसल हिँडेको ? आउ म दिन्छु पैसा भने, हजुरआमासँग ५ रुपैंया पाएर फुर्फुर हुँदै गएकी बालिका छिमेकी मामाले भनेपछि नजाने कुरै भएन ।

त्यसपछि कुशुमले श्रेयालाई समाते । श्रेया रुनकराउन थालिन् । बालिकाको घाँटीमा समाते । झनै कराउन थालेपछि भिरालो झाडीमा फालिदिए । त्यसपछि, आफै बाटो तल झरेर अर्धबेहास् श्रेयाको शरीरमाथि खेले । बालिका रक्ताम्ये भईन् । इज्जत मात्र लुटेनन्, तिखो ढुंगाले अनुहार टाउको क्षतविक्षत हुने गरी ढुंगाले कोपे । जमिन खोस्रेर टाउको माटोमा गाडिदिए । त्यसपछि कुशुम घर फर्के । घरमा श्रीमती र ८ वर्ष जतिको छोरा छ । कुशुमले कसैले थाहा नपाउने गरी कपडा धोए र सुकाए ।

श्रेयालाई राती अबेरसम्म खोजी गरियो भेटिएन । बिहान स्थानीय तुलसी प्रसाद ढकालले अर्का एक जना लिएर खोज्न हिँडे । बाटोमा डिल भत्केको देखियो । झाडीमा न उत्तानो, न घोप्टो परेको अवस्थामा माथि कपडा सोहोरिएको, तल घुँडा मुनी सुरुवाल झरेको अवस्थामा अर्धनग्न शव भेटियो । ढकालले बालिकाकी हजुरबुबालाई खबर गरे । हजुरबुबा प्रहरीलाई खबर गर्न झरेका थिए ।

मंगलबार बिहान ८ बजेतिर शव भेटिएपछि प्रहरीलाई शव भेटिएको जानकारी प्राप्त भयो । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्की सहितको टोली मुभ भयो । लगत्तै कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर राना घटनास्थल सोझिए । तालिम प्राप्त कुकुर साथमा थियो । कुकुर १०० मिटर वरपर अलमलियो ।

स्थानीयले बलात्कार नै भएको ठोकुवा गर्दै नत्र कञ्चनपुर जस्तो घटना दोहोरिने भन्दै शव पोखरा झार्न दिए । केहिबेरको अवरोधपछि चिनेकै चिकित्सक समावेश र स्थानीयको रोहवरमा पोष्टमार्टम हुनुपर्ने शर्तमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव ल्याइयो । चिकित्सकले बलात्कार भएको त्यतिबेलै स्थानीयलाई गोप्य रुपमा भनेको बालिकाकी ठूलोबुबा मिनबहादुर बिकले बताए ।

सुन काण्ड होस् या फेक इन्काउन्टर, कञ्चनपुर घटनामा प्रहरी जोडिएको घटना होस् । केही प्रहरीका कारण सिंगो संगठन बदनाम छ । उसै त लामाचौरको पुष्पा केसी प्रकरण सेलाएको छैन । कास्की प्रहरीले अन्त्यन्त गम्भिर भएर अनुसन्धान अघि बढायो । कास्की प्रमुख एसपी राना, प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङ, वैदाम प्रमुख डिएसपी कार्की सहितको जिल्ला टीमले अन्ततः राति ११ बजेपछि अभियुक्त पक्रन सफल भयो ।

सुरुमा ६ जना नियन्त्रणमा लिएकोमा १ जना छाडेर रक्सी पिउने ५ जनाको समूहलाई केरकार गरियो । कुशुम पौडेलले घर जाँदा बाटोमा भेटिएकी श्रेयालाई आफूले बलात्कारपछि हत्या गरेको स्विकार गरे । पोष्टमार्टम रिपोर्ट सहित अभियुक्त सार्वजनिक भने कास्की प्रहरीले बुधबार गर्दैछ ।

को हुन् कुशुम पौडेल ?

पोखरा २२ पुम्दीभुम्दकीका कुशुम पौडेलको घरमा श्रीमती र छोरा छन् । बुबा आमासँग छुट्टै बस्थे । काम केही छैन । मलेसिया र कतार गएर फर्किएका थिए । एक डेढ वर्ष अघि फर्केर घरमै थिए ।

लेकसाइडमा जान्छु भनेर निस्कन्थे । कन्स्ट्रक्शन लेबरमा काम गर्थे । गाउँतिर हल्लियो । रक्सी गाँजा खायो । श्रीमतीले ५० हजार बढी पैसा छोरोको पढाई खर्चका लागि ऋणमार्फत जोहो गरेकी थिईन् । त्यही पैसा लिएर कता गए कता ? घर फर्केको तीन साता पनि भएको थिएन । घटना भैसकेपछि उनी प्रहरी हिरासममै थिए । अव पौडेलले जीवनभरी जेलमै बस्नुपर्छ ।