श्रेयाको घटना सेलाउन नपाउँदै पोखरामा ७ बर्षिया बालिकामाथी बलात्कार !

पोखरा, असोज १३ ।
पोखरामा एउटा घटना सेलाउन नपाउँदै अर्को बलात्कारको घटना सार्वजनिक भएको छ । १५ बर्षिय किशोरले ७ बर्षिया बालिकामाथी बलात्कार भएको हो । घटनामाथी गण्डकी टेलिभिजनमा पत्रकार अपिल त्रिपाठीले टेलिभिजन कार्यक्रम नै तयार गरेका थिए । असोज ६ गते नुहाउन जाऔं भनेर झरनामा लगेर बलात्कार गरेको बालिकाले बताएकी छिन् ।

घटना दिउँसो १२ बजेतिरको हो । परिवारमा बाबु मिस्त्रि काम गर्दै आएका थिए । बाबु काममा निस्किए । आमा घरमै थिईन् । ति किशोरले बालिकालाई नुहाउन जाऔं भनेपछि बालिकालाई आमाले नजाउ भन्दै थिईन् । तर बालिका मानिनन् । नुहाउन गएपछि किशोरले झाडितिर लग्यो । अनि जबरजस्ती गर्यो ।

बालिका रुन थालिन् । बाटोमा फर्किँदा किशोरले फकाउन मिठाई दिए । अनि बालिका घर फर्किन् । तर घरमा कसैलाई भनिनन् । दुईदिनसम्म कसैले थाहा पाएन । बालिका घर फर्केदेखि नै अलि असहज ब्यवहार देखाउन थालिन् । राती सुत्नेबेलामा पनि बढी चलमलाउन थालेपछि बाबु आमाले निकै कर गरेर सोधे ।

दुईदिनपछि मात्रै उनले किशोरले गरेको हर्कतबारे बताईन् । त्यसपछि बालिकाको परिवारले चेकजाँचका लागि डाक्टरलाई देखाए । डाक्टरले पनि बलात्कार भएको प्रमाणित गरिसकेका छन् । अनि घरमा फर्केर किशोरलाई केरकार गरे । सुरुमा स्विकार गरेनन् । तर फकाएर धेरै पटक सोधेपछि ति किशोरले पनि आफुले गल्ती गरेको स्विकारेका छन् ।

अनि टोलमा होहल्ला हुन थाल्यो । प्रहरीले आफै थाहा पायो । घटना भैसकेपछि किशोरकी दिदीले बालिकालाई सिन्दुर लगाएर बुहारी बनाईन् । तर बालिकाको परिवारले त्यसलाई स्विकार गरेनन् । अहिले घटना प्रहरीले अनुसन्धान गरिरहेको छ ।

२ कक्षामा पढ्ने बालिकालाई बलात्कार गरेपछि प्रहरीले किशोरलाई नियन्त्रणमा लिईसकेको छ । ‘परिवारले भनेपछि हामीले किशोरलाई नियन्त्रणमा लिएका छौं । सोधपुछ गर्दा स्विकार पनि गरिसकेको छ । किटानी जाहेरी लिएर अनुसन्धान थालेका छौं, कास्की प्रहरी प्रमुख ओम रानाले भने–यसलाई बलात्कार भन्दा पनि यौन दुब्र्यबहार भएको मानिन्छ । सोही अनुसार कारबाही हुन्छ । प्रहरीले पनि रिपोर्ट तयार गरिरहेको छ ।’ घटना गम्भीर भएकोले अनुसन्धान पनि सोही अनुसार भैरहेको रानाले बताए ।