श्रीमानलाई झुक्याएर प्रेमीसँग गेष्ट हाउस धाउँदा यसरी फसे महिला

काठमाण्डौं, फागुन १५ ।
श्रीमान् विदेश भएका महिलालाई ब्लाकमेलिङ गरेर बलात्कार गर्दै आएका एक पूर्वसैनिक पक्राउ परेका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यरत ४६ वर्षीय राजेन्द्र आचार्यलाई प्रहरीले पक्राउ गरेको हो । उनले प्रेमिीहरुसँग होटलमा जाने महिलालाई पिछा गर्ने र परिवारमा पोल खोलिदिने भन्दै ब्लाकमेलिङ गरेर यौनशोषण गर्दै आएको प्रहरीले जनाएको छ । दुई जना महिलाले उनीविरुद्ध जाहेरी दिएका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जले उनलाई पक्राउ गरी मुद्दा अघि बढाएको छ । नुवाकोट स्थायी घर भएका नेपाली सेनाका पूर्व अमल्दार आचार्य काठमाडौंस्थित अमेरिकी दूतावासको सेक्युरिटीमा कार्यरत कर्मचारी हुन् ।
प्रहरीका अनुसार नयाँ बसपार्कमा जाने महिलाको उनले सूचना संकलन गर्थे । महिलाहरु गेस्ट हाउसबाट निस्किएपछि उनीहरुलाई पिछा गर्दै आफूलाई सबै थाहा भएको र परिवारमा भनिदिने भन्दै ब्लाकमेलिङ गर्थे । आफूसँग पनि सम्बन्ध राखे कसैलाई नभन्ने भन्दै उनले गेस्ट हाउसमा लिएर गई जर्बजस्ती सम्बन्ध राख्दै आएको खुलेको छ । कतिपय महिलालाई उनले प्रहरीमा खबर गरिदिने भनेर समेत बलात्कार गरेका थिए । उनीबाट पीडित भएकी एक महिलाले उजुरी गरेपछि घटना बाहिर आएको हो । आचार्यलाई जबर्जस्तीकरणी मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजजगञ्जका डिएसपी योगेन्द्रसिंह थापाले बताए । श्रीमान् विदेश भएका महिलाबारे एक व्यक्तिले आफूलाई सूचना दिने गरेको उनले बयानमा बताएका थिए । तर, उनले नाम लिएका व्यक्ति फेला परेका छैनन् ।