श्रदेय खेम्पो पैम हिराचनलाई मार्फा थकाली समाजको सम्मान

पोखरा, जेठ १५ ।

पोखरा लेखनाथ—१२, चापापानीमा रहेको मार्फा थकाली समाज सेवा सदन पोखराले श्रदेय खेम्पो पैम हिराचनलाई सम्मान गरेको छ । समाजले पोखरामा एक कार्यक्तमको आयोजना गरि थकाली समुदायमा पहिलो व्यक्ति ज्ञाग्युर निङमापा ईष्टिच्यूट मैसूर, भारतबाट बौद्धधर्मशास्त्रमा विद्यावारिधी प्राप्त गरेका हिराचनलाई सम्मान गरिएको हो ।

हिराचनलाई समाजका अध्यक्ष दिर्घसिह लालचनले दोसल्लाह ओढाई सम्मानपत्रले सम्मान गरेका हुन् । मार्फा थकाली समाजकापूर्व अध्यक्ष नरेन्द्रमन लालचनले शुभकामना सहित सम्मानित व्यक्तिको जीवनीबारे प्रकाश पारेका थिए । सोही अवसरमा निवर्तमान अध्यक्ष लक्ष्मण लालचनले पनि शुभकामना व्यक्त गरेका थिए । सम्मानित व्यक्ति खेम्पो पैम हिराचनले बौद्ध धर्म सम्बन्धित र आफ्नो यहाँसम्मको आफ्नो यात्राबारे जानकारी गराएका थिए ।

उनीबाट मार्फा थकाली समाजका उपस्थित सदस्यहरुबाट खादा लिई सम्पूर्णले आर्शिवाद थापेका थिए । मार्फा थकाली समाज सेवा सदन पोखराका अध्यक्ष दिर्घसिह लालचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव मखनलाल हिराचनले गरेका थिए ।