शहीद लखन गाउँपालिका आफ्नै भवनमा

गोरखा, भदौ ८ ।
हालसम्म ब्यक्तिको घर भाडामा लिई कार्यालय सञ्चालन गरिरहेको शहिद लखन गाँउपालिकाले अब भने आफ्नै भवनबाट सेवा दिन थालेको छ । आर्थिक बर्ष २०७४/७५ मा गाँउपालिकाबाटै विनियोजन भएको बजेटले निर्माण सम्पन्न भएको भवनबाट कार्यालयले सोमबारदेखि सेवा दिन थालेको हो ।

शहीद लखन गाउँपालिका वडा नम्बर ६ घैरुङ्गमा निर्माण भएको भवनको गाँउपालिका अध्यक्ष रमेशबाबु थापा मगरले उद्घाटन गर्दै आफ्नै भवनबाट सेवा सुरु गरेको बताएका छन् । ‘हामीले यसअघि धेरै सकस झेलेका थियौ, ब्यक्तिको घरमा कार्यालय राखेर चलाउनुपरेको थियो’ उनले भने ‘हामीलाई भन्दा पनि अझै बढि सेवाग्राहीलाई समस्या थियो, अब कार्यालयले आफ्नै भवन पाएको छ ।’

आर्थिक बर्ष २०७४÷७५ मा बिनियोजन भएको २७ लाख ६० हजार रकमबाट कार्यालयको ७ कोेठे भवन निर्माण भएको हो । कार्यालयले कार्यक्रम, बैठक सञ्चालनका लागि आफ्नै हल समेत निर्माण गरेको जानाएको छ । यस अघि कार्यालयले घैरुङ्गकै एक स्थानीयको घर मासिक २० हजार रुपैयाँमा भाडामा लिई सेवा दिदै आएको थियो ।

‘हामीले भाडामा लिएर अफिस चलाएका थियौ, यस क्रममा थुप्रै समस्या महशुस ग¥यौ’ गाँउपालिका अध्यक्ष थापाले भने ‘कर्मचारी धेरै छन्, तर कोठा सिमित थिए, एक बर्ष निक्कै एड्जस्ट गरेर चलायौ, सेवा प्रवाहमा निक्कै समस्या झेल्यौ, यसक्रममा धेरै कुरा पाठ सिकेर त्यसै अनुसार आफ्नो संरचना निर्माण गरेका छौ ।’

भवन निर्माणका लागि साविकको घैरुङ्ग गाविसको कार्यालयसंगै रहेको हिमालय देवि युवा क्लब पिपलछापले १० रोपनी जग्गा गाउँपालिकालाई निशुल्क उपलब्ध गराएको थियो । तर सो जग्गा गाउँपालिका भवन निर्माणका लागि अपुग भएपछि स्थानीयसंग गाउपालिकाले थप १३ रोपनी खरिद गरेको सुचना अधिकारी पूर्ण बहादुर गहतराजले बताएका छन् ।

‘हामीसंग पहिला जग्गा नै थिएन, यहाँ पिपलछापको युवा क्लबले १० रोपनी दिनुभयो अनि अपुग जग्गा स्थानीयसंग किनेका हौ’ उनले भने । गाँउपालिकाले स्थानीयसंग प्रतिरोपनी २ लाखका दरले खरिद गरेको थियो ।

कार्यालयले सोमबारबाटै आफ्नो भवनबाट सेवा दिन थालेको बताएको छ । भवन निर्माण भएसंगै सेवाप्रवाहमा सजिलो हुने कार्यालयले बिश्वास लिएको छ ।–हाम्रो गोरखा