शहीद लखन गाउँपालिकाको बजेट ५२ करोड

पोखरा, असार ११ ।
गोरखाको शहीद लखन गाउँपालिकाले आगामी बर्षको लागि ५२ करोड ४७ लाख रुपैैयाँको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ २१ करोड २२ लाख र पूँजीगत तर्फ ३१ करोड २५ लाख रुपैयाँको बजेट गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले सार्वजनिक गरिन् ।

आगामी बर्षपनि गाउँपालिकाले भौतिक पूर्वाधारमा जोड दिएको छ । यस्तै कोरोना भाइरसको रोकथामसँगै त्यसपछिको अवस्थालाई मध्यनजर गरी बजेट ल्याएको अध्यक्ष रमेश थापाले जानकारी दिए । शिक्षा, स्वास्थ्य र बेरोजगारी समस्या समाधान केन्द्रीत गरिएको उनको भनाई छ ।

सडकको स्तरोन्नती गर्न गाउँपालिकाले १ करोड २८ करोड विनियोजन गरेको छ । कोरोना नियन्त्रणका लागि १ करोड २० लाख छ भने गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि १ करोड २० लाख, गाउँपालिकामा बहुउद्देस्यिय सभाहल निर्माणका लागि ७५ लाख, कृषि बजार पूर्वाधारका लागि २५ लाख छुट्याईएको छ ।

आगामी बर्ष नेपालका प्रथम शहीद लखन थापामगरको किल्लाको पूर्वाधार निर्माण गर्ने बताएको छ । यसका लागि ६० लाख रुपैयाँ छ । सडक पूर्वाधारका लागि १ करोड २८ लाख विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।