शहिद लखनको बजेट ६३ करोड

पोखरा, असार ११ ।
गोरखाको शहिद लखन गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ६३ करोड २० लाख रुपैयाँको बजेट ल्याएको छ । पूरा बजेटमध्ये संघ सरकारले वित्तीय समानिकरण अनुदान १४ करोड १२ लाख, शसर्त अनुदान चालु तर्फ २४ करोड २८ लाख, सशर्त अनुदान तर्फ १ करोड ७५ लाख गरी ४३ करोड २० लाख रुपैयाँ प्राप्त भएको उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिइन् ।

यस्तै, गण्डकी प्रदेश सरकारबाट समानीकरण अनुदान तर्फ २ करोड ६ लाख, विशेष अनुदान तर्फ ५० लाख र समपुरक अनुदान तर्फ ५० लाख प्राप्त हुने बताइएको छ । पालिकाले २ करोड २५ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने अनुमान गरेको छ ।

आगामी वर्ष पूर्वाधार विकासमा १३ करोड ३६ लाख, सामाजिक विकासमा ५ करोड ५५ लाख, सुशासन तथा संस्थागत बिकास एवं अन्तर सम्बन्धित क्षेत्रका लागि १ करोड ४ लाख र कार्यालय सञ्चालनमा १२ करोड २३ लाख ८० हजार र कार्यालय तर्फ १ करोड ५८ लाख छुट्याएको छ ।

शहिद लखनले स्थानीय सीप र प्रविधिको प्रयोग गरि निर्माण गरिने सामाग्रीहरुको संरक्षणका लागि रैथाने सिप संरक्षण कार्यक्रम अघि सारेको अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए । गाउँपालिका भित्रको युवाहरुको प्रतिभा पहिचानको लागि वडा स्तरीय शहिद लखन कप भलिवल प्रतियोगिता आयोजना गर्ने, वडाको बिभिन्न पुर्वाधार निर्माणको लागि गाउँपालिकाले ४ करोड ५० लाख बिनियोजन गरको छ । संघीय सरकार र शहिद लखन गाउँपालिकाको साझेदारीमा रहेका नाम्जुङ घैरुङ, ताक्लुङ, मनकामना ढाडबारी रामशाहघाट आबुखैरेनी सडक अन्तरगत नाम्जुङ घैरुङ सडकखण्ड कालोपत्रेका लागि ३ करोड ५० लाख बजेट बिनियोजन गरिएको छ ।

शहिद लखन ३ को कार्यालयबाट भौगोलिक रुपमा टाढा रहेका वस्तीमा सेवा पु¥याउन सेवा केन्द्र बिस्तार गर्ने योजना छ । पालिका भित्र रहेका भूमिहिन दलित सुकुम्वासी र अव्यबस्थित बसोबासहरुको जग्गा नाप जाँच गर्न र लालपुर्जा बितरण गर्न २० लाख बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बताए ।