शंकास्पद बन्दै निर्मला हत्या, ‘भीआइपी’ ले मारेको स्थानीयको आशंका

कञ्चनपुर, भदौ ९ ।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे नयाँ ट्विस्ट सतहमा आएको छ । घटना भएको २४ दिनसम्म कानमा तेल हालेर बसेको प्रहरीले भदौ ४ गते एकजना मानसिक रोगीलाई हत्याराका रुपमा सार्वजनिक गरेपछि स्थानीयवासीले किन पत्याएनन् ? के स्थानीयवासीले बलात्कारी र हत्यारा को हो भन्ने सुइँको पाएका छन् ? यसबारेमा अनलाइनखबरले प्रारम्भिक खोजी गर्दा केही अनौठा तथ्यहरु फेला पारेको छ ।

यो घटनामा लामो समयसम्म प्रहरीले किन सफलता हात पारेन ? अनि स्थानीयवासीहरुले प्रहरीबाट बलात्कारीका रुपमा सार्वजनिक गरिएको व्यक्तिमाथि किन पत्यार गरेनन्, यी दुईवटा प्रश्नको वीचमा कुनै स्वयं प्रहरीबाटै गडबडी भइरहेको दाबी कञ्चनपुरवासीहरुको छ ।

त्यो रहस्यमय घर
निर्मला पन्त किताव लिनका लागि जुन घरमा गइन् । तर, त्यो घरदेखि नै यो घटना एकदमै रहस्यमय छ । त्यो घर दुईतल्ले छ, त्यहाँ बम दिदीबहिनीमात्रै बस्थे । उनीहरुका बुबाआमा दार्चुला भन्ने ठाउँमा बस्ने गरेका थिए । घरमा उनका छोरीहरु रोशनी आँचल र बबिता मात्रै बस्थे । निर्मलाकी साथी रोशनी १८ वर्षकी छिन् भने उनकी दिदी बबिता अझै जवान भइसकेकी छिन् । उनीहरुको घर लगभग रित्तैजस्तो भए पनि भाडामा लगाइएको छैन ।

स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायाः आवत–जावत गरिरहन्थे । पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन् । अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने–जाने गर्थे ।

स्थानीयबासीको माग के रहेछ भने निर्मलाको बलात्कार र हत्या प्रकरणपश्चात एसपीका छोरा र मेयरका भतिजालाई पनि प्रहरीले छानविनको दायरामा ल्याओस् र उनीहरु दोषी भए नभएको जनसमक्ष स्पष्ट पारोस् । निर्मला गएकी घरमा बस्ने आँचल र बबिता बममाथि पनि अनुसन्धान गरियोस् । तर, प्रहरीले २४÷२५ दिनसम्म उनीहरुमाथि कुनै अनुसन्धान नगरी फ्याट्ट मानसिक रोगीलाई बलात्कारीको पगरी भिराएपछि स्थानीयवासी सडकमा उत्रिएको स्रोत बताउँछ ।

त्यो रहस्यमय घरबाट निर्मला हराएपछि पाइएका केही तथ्यहरु झै रहस्यमय छन् । जस्तो–घटनास्थलमा निर्मलाका किताब कापी भेटिएका थिए । तर, किताब पानीले भिजेका थिएनन् । जबकि त्यहाँ रातभरि पानी परेको थियो ।

निर्मलालाई अम्बा दिएर पठाएको भनिए पनि त्यहाँ अम्बाको बोट काटिएको छ । घरभित्र पनि भर्खरै रंग पेन्टिङ गरिएको स्थानीयले जानकारी दिएका छन् ।

निर्मला उक्त घरमा होमवर्क गर्न राति गएकी पनि हैनन, बिहान ११ बजेतिर गएकी हुन् । बम दिदीबहिनीहरु निर्मला त्यहाँबाट २ बजे साइकल लिएर निस्किएको बताउँछन् । हामीले उनलाई अम्बा दिएर पठाएका हौं भन्छन् । परिवार र स्थानीयले शंकास्पद सबैलाई छानवीनको दायरामा ल्याउन माग गरेका छन् ।

पूरा पढ्नुस्