वेगनासमा लिफ्टबाट खानेपानी, १२ करोड लगानी हुने

पोखरा, भदौ ७ ।
पोखरा महानगरपालिका वडा नम्बर ३१ वेगनासमा लिफ्ट खानेपानी आयोजना सञ्चालन गरिने भएको छ । बुधबार एक कार्यक्रमका बीच प्रतिनिधीसभा सांसद खगराज अधिकारीले शिलान्यास गरे ।

खानेपानी आयोजनाको शिलान्यासपछि बोल्दै सांसद अधिकारीले आयोजना तयार भएपछि जनताले राहत महशुस गर्ने बताए । वेगनास क्षेत्रमा खानेपानी अभाव छ । प्रदेशसभा सांसद दीपक कोइरालाले खानेपानी नहुँदा जनताले निकै सास्ती ब्यहोर्नुपरेको भन्दै आवश्यक समन्वय गरिरहने बताए ।

सरकारको ९ करोड र स्थानीय जनताको ३ करोड गरी १२ करोडको लागतमा निर्माण हुन लागेको आयोजना सह लगानी अवधारणा अन्तर्गतको हो । २ बर्षभित्रमा आयोजना निर्माण भैसक्ने बताईएको छ ।