वीरगञ्ज महानगरका मेयरले दिए पार्टीबाट राजीनामा

वीरगञ्ज, भदौ २९ ।
महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै वीरगञ्ज मेयर विजय सरावगीले संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् । व्यापारिक पृष्ठभूमिका सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर निर्वा्चित भएका थिए । तर, पार्टीले अनावश्यक दबाव दिएको भन्दै उनले पार्टी छाड्ने खोजेका हुन् ।

मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् । अब नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ । फोरमका नेताहरुले भने मेयर सराबगीले एक वर्षमा पनि प्रभावकारी रुपमा काम गर्न नसकेको बताउँछन् ।

बुधबार बसेको वीरगञ्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दासरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद चुलिएको छ ।