२४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु

काठमाण्डौं, भदौ ४ ।
कोरोनाका कारण देशभर २४ घण्टामा मात्रै ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ६ संक्रमितको मृत्यु भएको पुष्टी गरिएको छ । काठमाडौं, मकवानपुर र सप्तरीका १–१ तथा पर्साका ३ जना गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले पुष्टी गरे ।

हालसम्म मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । २४ घण्टामा देशभर ७०७ जनामा संक्रमित थपिएका छन् ।