विवेकशील साझा पार्टीको गण्डकी प्रदेश संयोजकमा महेश भण्डारी, शनिवार घोषणा हुने

पोखरा, कार्तिक ९ ।
विवेकशील साझा पार्टीको गण्डकी प्रदेश संयोजकमा महेश भण्डारी चयन भएका छन् । यद्यपी यसको घोषणा भने शनिवार विशेष कार्यक्रमका साथ हुनेछ । प्रदेश कमिटी घोषणा गर्नकै लागि शनिवार पोखरामा विशेष कार्यक्रम आयोजना गरिएको छ ।

भण्डरी मिडिया सञ्चालक समेत हुन् । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय भण्डारी समाज रुपान्तरणको पक्षमा वकालत गर्दै आएका छन् ।

घोषणासभामा केन्द्रिय संयोजकद्वय रविन्द्र मिश्र र उज्वल थापा सहित केन्द्रिय सदस्यहरू सुर्यराज आचार्य, रन्जु दर्सना र केशब दाहाल पोखरा आउनेछन् । पोखरा उद्योग बाणिज्य संघ गैह्रापाटनमा कार्यक्रम हुनेछ ।