विवादित मन्त्री गोकुल बास्कोटा बर्खास्तीको सम्भावना

पोखरा, जेठ ३१ ।
सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा बर्खास्त हुने भएका छन् । श्रोतका अनुसार उनलाई बर्खास्त गर्ने अन्तरिम तयारी भैरहेको छ । यद्यपी अन्तिम घोषणा भने भएको छैन ।

अहिले पार्टी तहमा छलफल भैरहेको श्रोतले बताएको छ । सञ्चार जगतलाई परिचालन गर्न नसकेको, पत्रकारसँग समन्वय गर्न नसकेको, अन्तरबार्ताका क्रममा मन्त्री पदको सम्मान दिन नसकेको लगायत आरोप उनीमाथी छ । ‘वहाँलाई हटाउने कुरामा केपी कामरेड लगभग डिसिजनमा हुनुहुन्छ । तर पार्टीभित्र पनि छलफल चलिरहेको छ, श्रोतले भन्यो–भोलिसम्म केही निर्णय आउला । टुंगिएको चाहीँ छैन ।’

नेपाल टेलिभिजनको शिधा प्रश्न कार्यक्रममा पत्रकार राजु थापासँग अन्तरवार्ता दिने क्रममा उनी निकै विवादित भएका थिए । सम्पत्ति शुद्धिकरणका प्रश्नमा उनले चित्त बुझ्दो जवाफ नदिएको उनीमाथी आरोप छ ।
थप विवरण आउन बाँकी ।