विरामी सभामुख कसरी पुगे बैंकको कार्यक्रममा ?

पोखरा, असार २३ ।
टाउकोमा रगत जमेपछि अपरेसन गरेर आराममा रहेका प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी शुक्रबार एउटा बैंकको कार्यक्रममा भेटिए । उनी कार्यक्रममा जाने नजाने नौलो कुरा होईन, तर शुक्रबार प्रदेश ४ का लागि निकै महत्वपूर्ण दिन थियो । जुन दिन उनले सकेसम्म छुटाउन मिल्दैनथ्यो ।

शुुक्रबार प्रदेशको नामाकरण गरियो, त्यो पनि सभामुखकको अनुपस्थितीमा । करिब २ महिनाजति उनको कार्यभार उपसभामुख सिर्जना शर्माले सम्हालिसकेकी छिन् । राज्यको ढुकुटीबाट उपचार गराईरहेका अधिकारीले राज्यलाई नै धोका दिएको टिप्पणी हुन थालेको छ ।

रोग पूरै सञ्चो नभएको कारण बोल्न र धेरै चलमल गर्न नसक्ने बताएका अधिकारी बैंकको कार्यक्रममा झण्डावाला गाडीमा हुईंकिएर मजासँग भाषण पनि ठोक्न भ्याए । सांग्रिला बैंकको लेकसाईड स्थित शाखा उद्घाटन गर्दै उनले सबै क्षेत्रमा बैंकिङ सेवा विस्तार गर्न शुभकामना दिए ।

विरामी देखाएर संसदमा नगएका उनी बैंकको कार्यक्रममा गएको बिषयलाई लिएर अहिले निकै टिका टिप्पणी भैरहेको छ ।

File Photo