विप्लव समूह कास्कीका नयाँ सेक्रेटरी पक्राउ

पोखरा, साउन ११ ।
नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीलाई फेरी अर्को ठुलो झड्का लागेको छ । हालसालै मात्र नियुक्त भएर पोखरा आएका जिल्ला सेक्रेटरी लोकेन्द्र बिक (सुजन) राम्रोसँग जिम्मेवारी सम्हाल्न नपाउँदै शनिवार दिउँसो पक्राउ परेका हुन् ।

नवनियुक्त सेक्रेटरी सुजनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दिउसो साढे ३ तिर पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटनबाट गिरफ्तार गरेको जनाइएको छ । पार्टी कामको शिलशिलामा रहेका उनलाई गिरफ्तार गरेको नेकपा श्रोतले बतायो । यसअघि तनहूँ सेक्रेटरी रहेका उनी कास्कीका तत्कालीन सेक्रेटरी आक्रोश पक्राउ परेपछि भर्खरै पोखरा आएका हुन् ।

यसअघिका सेक्रेटरी आक्रोशसँगै प्रहरीले अखिल क्रान्तिकारीका २२ जना नेता कार्यकर्तालाई एकै पटक कास्कीको घान्द्रुकवाट गिरफ्तार गरेको थियो । गिरफ्तार परेका केही कार्यकर्ता छुटिसकेका छन् भने आक्रोशसहित ५ जना अझै प्रहरी हिरासतमा रहेका छन् ।