विप्लव समूहको आव्हानमा फागुन ३० गते नेपाल बन्द

पोखरा, फागुन २९ ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टि माओवादीले फागुन ३० गते नेपाल बन्दको आव्हान गरेको छ । सरकारले पक्राउ गरेका कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्दको आव्हान गरिएको नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेको विज्ञप्तीमा जनाईएको छ ।

सरकारले गाउँगाउँमा संकटकालकै जसरी छापा मार्ने, दमन, धरपकड, गिरफ्तार तथा झुठा मुद्दा लगाउने जस्तो अराजनीतिक व्यबहार गरेको भन्दै बन्द आव्हान गरेको जनाएको छ । नेकपाले मुलुकमा चलिरहेको भ्रष्टचार, तस्करी, दलाली, अन्याय, बलात्कार, हिंसा र राष्ट्रघातका विरुद्ध शान्तिपूर्ण संघर्षमा जनताका साथमा अगाडि बढिरहेको महासचिव विप्लवले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

घोषित संघर्षका कार्यक्रम अनुसार फागुन २५ र २६ मा प्रचार प्रसार, २७ गते देशभर कोण सभा, २८ गते ¥याली, २९ गते साँझ मशाल जुलुस र ३० गते नेपाल बन्द रहेको छ ।