विप्लबको वन्द-पोखरामा गाडीदेखि स्कुलसम्म ठप्प

पोखरा, फागुन ८ ।
आफ्ना नेता तथा कार्यकर्ताहरुलाई रिहाईको माग सहित विप्लव समूहले गरेको नेपाल बन्दको प्रभाव पोखरामा आंसिक परेको छ । केही पसलहरु खुलेका छन् भने निजी सवारीहरु चलेका छन् । तर सार्वजनिक बसहरु चाहीँ चलेका छैनन् ।
बन्दले निजी विद्यालयहरु पनि बन्द गर्ने तयारी गरिरहेका छन् । गाडी नचलि विद्यालय चलाउन नसक्ने भन्दै उनीहरुले बन्द गर्ने तयारी गरेका हुन् । आधा भन्दा बढी विद्यार्थीहरु बसमा जाने भएकाले स्कुल पनि बन्द गर्नुपरेको प्याव्सन कास्कीले जनाएको छ ।
प्याव्सनसँग कास्कीभर १ सय २ वटा स्कुलमा ८० हजार विद्यार्थी छन् । प्याव्सनले मात्रै ४ सय हाराहारीमा विद्यार्थी ओसार्न गाडी चलाउँछ । उता एनप्याब्सनसँग पनि ४५ वटा स्कुलमा १५ हजार हाराहारीमा विद्यार्थी छन् भने १ सय ५० वटा गाडी चल्छन् । सरकारी स्कुल पनि बन्द नै छन् । तर केही सरकारी स्कुलले चाहीँ पढाउने तयारी बुझिएको छ ।
“विना हातहतियार शान्तिपूर्ण तरीकाले भेला हुन, आफ्नो कुरा राख्न र सभा सम्मेलन गर्न पाइने संवैधानिक व्यवस्थाप्रति इंिगत गर्दै सो विज्ञप्तिमा “राज्यले उनीहरुले नेै मानेको समाजवाद उन्मुख भनिएको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान २०७२ ले प्रदान गरेको मौलिक हकमाथि बन्देज” आरोप लगाइएको छ । सामाजिक दलाल प्रवृत्तिका केपी नेतृत्वको सरकारले गिरफ्तार साथीहरुको निःशर्त रिहाई, राजनीतिक स्वतन्त्रताको सुनिश्चितता र जनदमन नरोकेमा थप संघर्षमा जान बाध्य हुने विज्ञप्तिमा जानाइएको छ ।