विपन्न विद्यार्थीलाई सघाउन चिया र पानीपुरी बेच्दै ब्राह्मण समूह

पोखरा, पुस ८ ।
विपन्न विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले पोखरामा ब्राह्मण समूहले चिया पानीपुरी र चटपट बेच्ने कार्यक्रम गरेको छ । पोखरा र आसपास रहेका सदस्यहरुलाई साथमा लिएर पहिलो बार्षिकोत्सव मनाउँदै चिया, पानीपुरी र चटपट बेच्न लागेको हो । कार्यक्रमबाट पैसा संलकन गरी बिपन्न विद्यार्थीलाई न्यायो कपडा वितरण गर्ने उदेश्य समूहले जनाएको छ ।
करिब १०÷१५ जनाको समूहले बिहान ६ देखि १० बजेसम्म पोखराको पृथ्वीचोकमा चिया र मध्यान्ह १२ बजेदेखि साँझसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा पानीपुरी र चटपट बेच्ने छन् । पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमको तयारी पूरा भएको समूहका सदस्य पोखरा प्रतिनिधि शिव भण्डारीले जानकारी दिए ।
एक बर्षअघि कपिलबस्तुका आदित्य अर्यालले शुरु गरेको ब्राह्मण समूहमा हाल एक लाख ८० हजार सदस्य छन् । फेसबुकका माध्यमबाट संगठित भई आपसी सद्भाव बढाउन र सामाजिक कार्य गर्नका लागि समूह गठन भएको थियो ।