विन्ध्यावासिनी पुगेर ज्ञानेन्द्र शाहले भने–‘तपाईंहरुकै मायाले आएँ’

पोखरा, पुस ७ ।
पूर्व राजा ज्ञानेन्द्र शाह खासै धेरै बोल्दैनन् । त्यसमाथी सार्वजनिक ठाउँमा उनले बोलेकै सुनिँदैन । ५ दिनदेखि पोखरामै बसिरहेका पूर्वराजा ज्ञानेन्द्रले आन्तरिक रुपमा भेटघाट र छलफल गरेपनि सार्वजनिक रुपमा देखिएनन् ।

त्यसो त शुक्रबार राप्रपा नेपालका अध्यक्ष कमल थापासँग उनले सवा घण्टा जति ‘ब्रेकफास्ट मिटिङ’ गरे । हिन्दु धर्म र राजसंस्थाबारे खुलेरै पछि लागिरहेको राप्रपा सहित पूर्व पञ्चबीचको मेलमिलाप र काँग्रेससँग सहकार्य गर्ने पक्षमा राजाको बार्ता केन्द्रित थियो ।

शनिबार उनले विन्ध्यावासिनी मन्दिरको पुजा गरे । भैरवटोलदेखि हिडेरै मन्दिर पुगेका शाहले जनताबाट फूल र केही शब्दहरु लिईरहे । तर उनी पूरै समय मौन थिए । उकाली चढ्दै गर्दा पत्रकारले किन आउनुभएको पोखरा भनेर सोध्न भ्याए ।

उकाली चढ्दै गर्दा शाहले भीडबाट पत्रकारतिर फर्केर भने–‘सबैको सहयोग र सबैको मायाले यहाँ आउन पाएँ, यस्तै नेपाल भरि नै छाहीरहोस र नेपाल मा शान्ति छाहोस भन्ने कामना छ ।’