विन्ध्यवासिनीसँग प्रधानमन्त्री देउवाले मागे देशको स्थायित्व (फोटो फिचर)

प्रकाश ढकाल
पोखरा, मंसिर ८ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार पोखराको विन्ध्यवासिनी मन्दिर दर्शन गरि काठमाडौं फर्किएका छन् । कालिकोटमा आयोजीत चुनावी कार्यक्रमलाई सम्बोधन गरि राजधानी फर्किने क्रममा बिहीबार पोखरा आईपुगेका देउवाले शुक्रबार आधा घण्टा विन्ध्यवासिनीको पूरा अर्चना गरे ।    उनले मुलुकमा स्थायित्व र दीगो शान्तिको कामना सहित विन्ध्यवासिनी र शिवको मन्दिरमा पुजा आरधान गरेका थिए । प्रधानमन्त्री देउवाले शिव मन्दिरमा रुद्राभिषेक गरेका विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।
काठमाण्डौं फर्किनुअघि उनले पोखरा विमानस्थलमै सुरक्षा निकायका प्रमुखहरुसंग यस क्षेत्रको निर्वाचन सुरक्षा सम्बन्धि जानकारी लिएका थिए । त्यसैगरि उनले सुरक्षा निकायलाई निर्वाचन भयरहित तवरबाट सम्पन्न गर्नका लागि निर्देशन दिएका थिए ।
‘हामीसँग आउँदो चुनावबारे सुरक्षा नीति र चुनौती बारे सम्माननीय प्रधानमन्त्री ज्यूले जानकारी लिनुभयो । हामीले पनि यहाँको अवस्थाबारे जानकारी गराएका छौं, प्रधामन्त्रीलाई उदृत गर्दै क्षेत्रीय प्रशासक लक्ष्मणप्रसाद अर्यालले भने–चुनावमा कुनैपनि अप्रिय घटना हुन नदिन उहाँले हामीलाई सचेत गराउनुभएको छ । सोही अनुसार सुरक्षा परिचालनको ब्यवस्था हामीले मिलाएका छौं ।’
विहिबार काठमाण्डौ फर्कन नसकेपछि देउवा हेलिकोप्टरबाट पोखरा अवतरण गरेका थिए ।