विन्दुले आँफैलाई हाले भोट

पोखरा, मंसिर २१ ।
नेपाली काँग्रेसबाट कास्की क्षेत्र नम्बर २ (ख) को उम्मेदवार बनेका काँग्रेस नेता विन्दुकुमार थापाले आँफु र नेपाली काँग्रेसका लागि मतदान गरेका छन् । विहिबार विहान उनले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ स्थित राम प्राविबाट मतदान गरेका छन् ।
मतदानपछि थापाले माहौल आफ्नो पक्षमा भएकाले जीत सुनिश्चित भएको दावी गरे । ‘घरदैलो र प्रचारका क्रममा जनताले मलाई विश्वास दिएका छन् । उनीहरु काँग्रेस र विन्दुकुमार थापालाई जिताउन उत्सुक छन्, थापाले भने–चुनाव जित्छु । मतान्तरका लागि मात्रै मत गन्ने हो ।’