विन्दुलाई अटोमोवाईल्स व्यवसायीको पूर्ण साथ

पोखरा, मंसिर १७ ।
व्यवसायिक पृष्ठभूमिका नेपाली काँग्रेस कास्की क्षेत्र नं २ प्रदेश सभा खका उम्मेदवार विन्दुकुमार थापाले अटोमोवाईल्स व्यवसायीहरुले सहयोगको प्रतिबद्धता गरेका छन् । पश्मिाञ्चल अटोमोवाईल डिलर एशोसियनसनका सल्लाहकार समेत रहेको थापालाई व्यवसायीहरुले चुनावमा समर्थन गर्न निर्णय समेत गरेका छन् । अटोमोवाईल व्यवसायीहरुको भेलाले उम्मेदवार थापालाई खादा लगाई सम्मान गर्दै मंसिर २१ गतेको चुनावमा सहयोग गर्ने सर्वसम्मत निर्णय गरेका हुन् ।
भेलालाई सम्बोधन गर्दै प्रदेश सभा खका उम्मेदवार थापाले अटोमोवाईल्स व्यवसायको चुनौति उत्तिकै रहेको भन्दै अब अटो भिलेज स्थापनाको लागि आफनो पहल कदमी हुने विश्वास दिलाए । “व्यवसायिक हकहितको लागि मेरो आवाज सम्बन्धीत ठाँउमा पुर्याउने छु ।”थापाले भने–“त्यसको लागि तपाई व्यवसायी साथीहरुको सहयोगको खाँचो छ ।”
अटोमोवाईल्सको चुनौति बढ्दै गएको भन्दै उनले अब शहरीकरणसँगै सडक सञ्जाललाई व्यवस्थित गरी चुनौति न्युनिकरण गर्ने तर्फ विशेष जोड दिने बताए । “राजनीतिसँगै व्यवसायीक पृष्ठभूमि हो । त्यसैले व्यवसायी साथीहरुको सहयोगको अपेक्षा गर्दछु ।” उनको भनाई थियो । भेलामा व्यवसायीहरुले पुर्व अध्यक्ष एवं सल्लाहकार थापालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “उहाँको उम्मेदवारीलाई राजनीतिसँग भन्दा व्यवसायिक नातासँग जोड्नुपर्छ ।” अटोमोवाईल्स एशोसियनका संस्थापक अध्यक्ष राजेन्द्रकुमार बाटाजुले भने–“हामीले पुर्व अध्यक्षलाई उम्मेदवारको रुपमा पाएका छौं । सहयोग गर्नु हाम्रो कर्तव्य र धर्म हो ।”
भेलामा एशोसियनका निर्वतमान अध्यक्ष माधवप्रसाद पौडेल, सल्लाहकार एवं पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष गोकर्ण कार्की, नाडाका अध्यक्ष ध्रुव थापा गण्डकी धौलागिरी अञ्चल सार्वजनिक यातायात समन्वय समितिका अध्यक्ष बसन्त प्रधान, एशोसियसनका उपाध्यक्ष मोहनबावु खड्का, कार्यालय प्रमुख गोविन्द पौडेल लगायतका व्यक्तित्वहरुको उपस्थिति थियो । भेला ने पोखरामा नाडा अटो शो गर्ने बारेमा समेत छलफल गरिएको थियो ।