विद्यालयबाट घर फर्किंदा ६ वर्षीया बालिका बलात्कृत

विर्तामोड, जेठ २ ।
झापाको हल्दिवारी गाउँपालिकामा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् । हल्दिबारी ३ का अन्दाजी १६ वर्षीय किशोरले छिमेकी बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीय एक विद्यालयको बाल विकास कक्षामा अध्ययनरत ती बालिकालाई सोही विद्यालयमा पढने किशोरले बलात्कार गरेको पीडितका परिवारजनले प्रहरीमा उजुरी दिएको झापाका प्रहरी नायव उपरीक्षक ९डिएसपी० महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार गत बिहीबार बेलुका विद्यालयबाट घर फर्किने क्रममा मकैबारीमा फलेको पुटुकी खान जाउ भन्दै बालिकालाई किशोरले जबरजस्ती करणी गरेका थिए । बलात्कृत बालिका घर रुदै पुगेपछि घटना बाहिरीएको हो। ती किशोरले यसअघि पनि ती बालिकालाई पटक पटक बलात्कार गरेको समेत खुलेको छ ।

हाल बालिकाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ।घटनापछि पीडित बालिकाका परिवारजनले प्रहरी चौकी वडाबारीमा उजुरी दिएका हुन्।यता प्रहरी कार्यालय झापाले फरार रहेका किशोरको खोजी गरिरहेको डिएसपी श्रेष्ठले बताए ।