विद्यार्थीको कुटाईबाट हेड मास्टरको आँखा फुट्यो

काठमाण्डौं, जेठ ११ ।
काठमाडौँमा विद्यार्थीको कुटाइबाट प्रधानाध्यापकको आँखा फुटेको छ । गोकर्णेश्वरको अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउँदै आएका प्रधानाध्यापक तामाङको २२ वर्षीय छिरिङ तामाङले आक्रमण गर्दा उनको आँखा फुटेको हो ।

छिरिङ विद्यालयबाट १०र१५ दिन हराउने र फेरि सम्पर्कमा आउने गरेपछि उनका अभिभावकले लागुऔषध दुर्व्यसनीको शंका गर्दै विद्यालयका निर्देशक महावीर लामाको कार्यकक्षमा सोधपुछ गर्ने क्रममा उनले अभिभावकमाथि आक्रमण गरेका थिए ।

सोही आक्रमणबाट छुटाउन जाने क्रममा प्रधानध्यापक तामाङ छुटाउन गएका थिए । छुटाउन जादा प्रधानाध्यापकमाथी तामाङ जाईलागेका हुन् ।