विदाको दिन रक्सी पिएर महानगरको मोटरसाईकल लडाएपछि …

पोखरा, माघ १६ ।
पोखराको पस्र्याङमा सार्वजनिक विदाको दिन महानगरको मोटरसाईकल दुर्घटना भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको जिन्सी शाखामा काम गर्ने अस्थायी कर्मचारी हरी बराल चढेको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना भएको हो । रक्सी पिएर मोटरसाईकल चलाएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ग १ ब २५६ नम्बरको सरकारी मोटरसाईकलले ग ११ प ४५४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुवैजना सामान्य घाईते छन् । मोटरसाईकल चालकलाई बैदाम प्रहरीले नियन्त्रणमा राखेको छ । घटनाबारे थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । सरकारी गाडी लिएर ब्यक्तिगत काममा हिड्ने पोखरामा पहिलेदेखि कै समस्या हो । नियमक निकायले कडाई नगर्दा यस्तो गतिविधी पछिल्लो समय झनै बढेको छ ।