विजयपुर खोलामा कृतिम ताल बनाईने

पोखरा, जेठ २४ ।
पोखराको वडा नम्बर १३ ले विजयपुर खोलामा कृतिम ताल निर्माण गर्ने घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी आगामी कार्यक्रम घोषणा गरिएको हो । पर्यटन प्रवद्र्धनका लागि बिजयपुर खोलामा बाँध बाँधेर कृतिम ताल बनाउन लागिएको वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा) ले जानकारी दिए ।

यस्तै वडा धूलोमुक्त तथा वातावरणमैत्री वनाउने योजना पनि अघि सारेका छन् । आफ्नो कार्यकालको एक वर्षमा वडा कार्यालयलाई आधुनीक÷प्रविधिमैत्री, जनमैत्री, वातावरणमैत्री, अपाङगमैत्री वनाएको उनको दावी छ ।