वालिकालाई ८ दिनदेखि होलटमा बन्धक बनाउने शिक्षक पोखराबाट पक्राउ

पोखरा, साउन ८ ।
पोखराको लेकसाईड स्थित एक होटलमा एक शिक्षकले नावालिकालाई बन्धक बनाएर राखेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर घर भई हाल उदयपुर चौदण्डी नगरपालिका ७ मा बस्दै आएका मेरिगोल्ड सेकेण्डरी स्कुलका शिक्षक राकेश कुमार कानोडियालाई पक्राउ गरिएको हो ।

उनले १४ बर्षिया एक बालिकालाई पोखराको एक होटलमा ल्याएर बन्धक बनाई राखेका प्रहरीको अनुसन्धानमा खुलेको छ । डिहिकोपाटन स्थित द कन्ट्री यार्ड होटलको एक कोठामा बन्धकभित्र राखेको अवस्थामा प्रहरीले बालिकाको उद्धार गरेको कास्की प्रहरीका प्रबक्ता डीएसपी राज केसीले जानकारी दिए ।

उनका अनुसार बालिकाले प्रयोग गर्ने मोबाईल समेत खोसेर ति शिक्षकले अभिभावकसँग सम्बन्ध टुटाईदिएका थिए । बालिकालाई अभिभावकको जिम्मा लगाईएको छ भने कानोडियालाई कानुनी कारबाही सुरु गरिएको केसीले बताए । कानोडियाले बालिकालाई ८ दिनदेखि होटलमा राखेका थिए ।