वाम गठबन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र–देउवा

पोखरा, मंसिर १३ ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र भएको बताएका छन् । पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको संविधान सबै नेपालीलाई समेट्ने समावेशी भएपनि वाम गठबन्धनले यसलाई खारेज गर्ने षड्यन्त्र रचेको आरोप लगाए । ‘देशभित्रका सबै जाति र समुदाय यही संविधानभित्र अटाउन सक्छन् । चित्त नबुझेको बिषय थपघट गर्न सकिन्छ, उनले भने–तर गठबन्धन यसलाई हटाएर कार्यकारी राष्ट्रपतीय शासन प्रणालीको नाममा एकदलीय तानाशाही शासन ल्याउने दाउ खोजेका छन् ।’
अहिलेको चुनाव कम्युनिष्ट की लोकतान्त्रिक शासन ल्याउने भन्ने बीचको लडाई रहेको भन्दै उनले मतदाता सचेत भएर मतदान गर्ने बेला आएको बताए । ‘कांग्रेसको नेतृत्वमा राणा, पंचायत र राजतन्त्रको अन्त्य भएको हो, उनी भन्छन्–लोकतन्त्रको थप सुदृढिकरणका लागि कांग्रेसले जित्नु आवस्यक छ । जनताको साथ हामीलाई चाहियो ।’
कम्युनिष्टले जितेमा नेपालमा विदेशी लगानी नआउने र स्वदेशी लगानीकर्ता पनि पलायन हुनुपर्ने अवस्था रहेको भन्दै देउवाले उद्योगधन्दा र रोजगारीविना कम्युनिष्टले भन्ने गरेको समृद्धि सम्भव नभएको उल्लेख गरे । वाम गठबन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र–देउवा
पोखरा, मंसिर १३ ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र सिध्याउने षड्यन्त्र भएको बताएका छन् । पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको संविधान सबै नेपालीलाई समेट्ने समावेशी भएपनि वाम गठबन्धनले यसलाई खारेज गर्ने षड्यन्त्र रचेको आरोप लगाए । ‘देशभित्रका सबै जाति र समुदाय यही संविधानभित्र अटाउन सक्छन् । चित्त नबुझेको बिषय थपघट गर्न सकिन्छ, उनले भने–तर गठबन्धन यसलाई हटाएर कार्यकारी राष्ट्रपतीय शासन प्रणालीको नाममा एकदलीय तानाशाही शासन ल्याउने दाउ खोजेका छन् ।’
अहिलेको चुनाव कम्युनिष्ट की लोकतान्त्रिक शासन ल्याउने भन्ने बीचको लडाई रहेको भन्दै उनले मतदाता सचेत भएर मतदान गर्ने बेला आएको बताए । ‘कांग्रेसको नेतृत्वमा राणा, पंचायत र राजतन्त्रको अन्त्य भएको हो, उनी भन्छन्–लोकतन्त्रको थप सुदृढिकरणका लागि कांग्रेसले जित्नु आवस्यक छ । जनताको साथ हामीलाई चाहियो ।’
कम्युनिष्टले जितेमा नेपालमा विदेशी लगानी नआउने र स्वदेशी लगानीकर्ता पनि पलायन हुनुपर्ने अवस्था रहेको भन्दै देउवाले उद्योगधन्दा र रोजगारीविना कम्युनिष्टले भन्ने गरेको समृद्धि सम्भव नभएको उल्लेख गरे ।