वाम गठबन्धनको विजयी र्याली

पोखरा, मंसिर २५ ।
संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन संयोजन समिति कास्कीले पोखरामा आइतबार विजयी र्याली निकाल्यो । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको गत मंसिर १० मा भएको निर्वाचनमा जिल्लामा प्रतिनिधिसभा का ३ र प्रदेशसभाका ५ गरी ८ सिट जितेको वाम गठबन्धनले जितको खुशीयालीमा विजर्यी याली निकालेको हो । आइतबार मध्यान्ह शहीदचोकदेखि शुर्रु याली रत्नचोक, सिर्जनाचोकहुँदै मानवअधिकारचोक चिप्लेढुंगासम्म पुगेको थियो ।र्
यालीमा नेकपा एमाले तथा माओवादी केन्द्रका हजारौं कार्यकर्ता, समर्थक सहभागी थिए । विजर्य यालीपछिको प्रतिबद्धता सभामा विजयी सांसदले चुनावी दौरानका सिलसिलामा आफूले व्यक्त गरेका प्रतिबद्धता तथा वाम गठबन्धनले जारी गरेको प्रतिबद्धता पूरा गर्ने दृढता व्यक्त गरेका छन् । कास्कीलाई समृद्ध जिल्ला बनाउने भन्दै उनीहरुले रोजगारी सिर्जना गरी ५ वर्षमा युवा पलायनलाई रोक्ने समेत वाचा गरेका छन् । कास्की १ बाट प्रतिनिधिसभातर्फ विजयी सांसद खगराज अधिकारीले रोजगारीको अवसर सिर्जना गरी कास्कीलाई आर्थिक रुपमा समृद्ध जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सुन्दर सफा र सभ्य नागरिक बस्ने जिल्ला बनाउने बताए ।
पूर्व मन्त्री समेत रहेका अधिकारीले निर्वाचनमा पराजितलाई समेत समेटेर विकासको बाटोमा सँगै हिड्ने बताए । उनले भने(‘पोखरालाई संसारको उत्कृष्ट पर्यटकीय शहर बनाइने छ ।’ अब नेपालमा एक मात्र कम्युनिस्ट पार्टीबन्ने घोषणा गरेका अधिकारीले अबको निर्वाचनमा एउटै पार्टीबनाएर मत माग्न आउने बताए । कास्की २ बाट प्रतिनिधिसभातर्फ विजयी सांसद रवीन्द्र अधिकारीले वाम गठबन्धनले आर्थिक समृद्धि र दिगो विकासको ढोका खोल्ने दाबी गरे । उनले अब रोजगारीको सिर्जना गरी ५ वर्षमा युवा पलायनलाई रोक्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले यो जितसँगै वाम गठबन्धनलाई अवसर र चुनौती दुवै भएको बताए  । एमालेका केन्द्रीय सदस्य समेत रहेका अधिकारीले वाम गठबन्धनलाई एकतामा रुपान्तरण गर्न चुनौतीपूर्ण भएको उल्लेख गरे ।  वाम गठबन्धनले कुनै देशले हेप्न नसक्ने सवल सरकार बनाउने चर्चा गर्दै अधिकारीले चुनावको अवधिमा गरेका सबै बाचा पूरा गर्ने प्रतिबद्धता जनाए ।
कास्की ३ बाट प्रतिनिधिसभातर्फ विजयी सांसद जगत विश्वकर्माले मतदाताको माग र जनताको चाहानालाई पूरा गर्ने प्रतिबद्धता जनाए । उनले नेपाली मतदाताले समृद्ध नेपाल निर्माण गर्ने अभिभारा वाम गठबन्धनलाई दिएको बताए । एमाले वैकल्पिक पोलिट्ब्यूरो सदस्य समेत रहेका विश्वकर्माले संविधानको कार्यान्वयन र राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने उल्लेख गरे ।
कास्की २ (क) तर्फ प्रदेशसभा सदस्यमा विजयी एमाले जिल्ला अध्यक्ष समेत रहेका कृष्ण थापाले पार्टीको निर्णय, घोषणापत्र र प्रतिबद्धतापत्रलाई जस्ताको तस्तै कार्यान्वयन गर्ने बताए । कास्की १ (क) बाट विजयी दीपक कोइरालाले गरिबीको अन्त्य, भ्रष्टाचार मुक्त र राष्ट्रिय स्वाभिमानको रक्षाको लागि आइ पर्ने जस्तोसुकै कठिनाइको सामना गर्ने बताए ।
कास्की १ (ख) बाट विजयी मनबहादुर गुरुङले उत्साह र सक्रियताका साथ जिताएकोमा आभार प्रकट गर्दै जनताप्रति उत्तरदायी र जवाफदेही बनेर जनताका सुख दुखमा साथ दिने बताए । कास्की ३ (क) बाट विजयी रामजी बरालले समृद्ध नेपाल र सुखी नेपाली बनाउन वाम गठबन्धनलाई जनताले मत दिएको उल्लेख गर्दै जनताको विश्वास र भरोसाप्रति बेइमानी नगर्ने बताए ।
कास्की ३ (ख) बाट विजयी राजीव पहारीले आफ्नो कार्यकालमा पार्टी र कार्यकर्ताको शिर निहुरिने काम नगर्ने उल्लेख गरे । कार्यक्रममा एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासी, नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य रामराज रेग्मी, नेकपा एमाले कास्कीका कार्यवहाक अध्यक्ष तथा समितिका संयोजक दामोदर वैरागी, उपसचिव प्रभा कोइराला, नेकपा माओवादी केन्द्र पोलिट्ब्यूरो सदस्य तथा कास्कीका संयोजक बखानसिह गुरुङ लगायत बोलेका थिए ।
एमाले जिल्ला कमिटी कास्कीका कावा अध्यक्ष दामोदर वैरागी र नेकपा माओवादी केन्द्र कास्कीका संयोजक बखानसिंह गुरुङले वामपन्थी गठबन्धनका उम्मेदवार र दुवै पार्टीलाई जिताउन मतदान गर्ने जनसमुदायप्रति आभार प्रकट गरे । र्
यालीमा सहभागी हुन विभिन्न ठाउँबाट वाम गठबन्धनतर्फ एमाले र नेकपा माओवादी केन्द्रका जिल्ला नेता, कार्यकर्ता,शुभच्छेक झण्डा बोकी आएका थिए । विजर्यी यालीका कारण भने पोखराको ट्राफिक व्यवस्थापन उक्त रुटमा अस्तव्यस्त बनेको थियो ।