वाम एकता संयोजन समितिको बैठक सकियो (के भयो निर्णय ?)

काठमाण्डौं, माघ १८ ।
एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको थियो । ठोस निर्णय विनै बैठक सकिएको श्रोतको भनाई छ । बैठक डेढ घन्टा बसेर सकिएको माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरि तिमल्सिनाले जानकारी दिएका छन् ।
यद्यपी बैठकले ३ वटा निर्णय गरेको छ । पार्टी एकताको प्रगतिबारे दुवै अध्यक्षले बैठकलाई संक्षिप्त ब्रिफिङ गरेका छन् भने मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुख र मन्त्रीमण्डल गठनको विषयमा कार्यदलको रिपोर्ट अनुमोदन गरिएको छ । यस्तै कार्यदललाई शीर्ष नेताद्वारा धन्यवाद समेत ब्यक्त गरेको छ ।