वामले कास्कीमा खाता खोल्यो, २ (क) मा कृष्ण थापा विजयी

पोखरा, मंसिर २३ ।
कास्कीमा वाम गठबन्धनका उम्मेदवारले बिजयी खाता खोलेका छन् । क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा एमाले उम्मेदवार कृष्ण थापा बिजयी भए । उनले काँग्रेस उम्मेदवार गुरुप्रसाद बराललाई ७ हजार ४ मतान्तरले पराजीत गरे । थापाले १५ हजार ३ सय २९ मत पाउँदा बरालले ८ हजार ३ सय २५ मत पाए ।
३८ हजार मतदाता रहेको यो क्षेत्रमा २६ हजार ४ सय ३३ गणना भएको थियो । जसमध्ये ६ सय १२ मत बदर भएको थियो ।