वामदेव गौतमका आँखा काठमाडौं ७ मा, रामवीर राजीनामा दिन तयार

काठमाण्डौं, असोज २३ ।
नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउनका लागि डोल्पा लैजाने प्रयास असफल भएपछि अब काठमाडौंं क्षेत्र नम्बर ७ खाली गराउने विकल्पबारे पार्टीमा छलफल सुरु भएको छ ।

नेकपाको सोमबारको सचिवालय बैठकमा गौतमलाई सांसद बनाउनका लागि काठमाडौंं क्षेत्र नम्बर ७ खाली गराउने विषयले प्रवेश पाएको हो । स्रोतका अनुसार प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले उक्त क्षेत्रका सांसद रामवीर मानन्धर आफ्नो पद छोड्नका लागि सकारात्मक रहेको जानकारी बैठकलाई गराएका छन् ।

एक नेताका अनुसार पार्टीले आवश्यकता देख्छ भने आफू पद छोड्न तयार रहेको भनी मानन्धरले आफूलाई बुझाएको पत्र अध्यक्ष ओलीले बैठकमा पेस गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।