लेखनाथ साना शहरी खानेपानीको १७ औं बार्षिकोत्सव

पोखरा, असार ४ ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खानका लागि प्रयोग गरिने पानी मुहान देखि चुहानसम्म (धारा)शुद्ध र खानयोग्य हुनु पर्ने सुझाव दिएका छन् । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता सस्थाको १७ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख जिसीले उपभोत्ताको घरसम्म शुद्ध पानी पु¥याउने जिम्मा सस्थाको हो भने घरमा पुगेको सुद्ध पानीलाई कसरी प्रयोग गरि निरोगी बन्ने सवालमा नगरबासीहरु सचेत भईसकेकाले नयाँ नयाँ प्रविधीको प्रयोग गरि गुणस्थरिय पानी वितरण गर्न सस्थालाई सुल्झाएका हुन् ।

मानव जिबनका लागि पानी अपरिहार्य बस्तु भएकोले पानीका सवालमा सवैजना सकरात्मक हुनका लागि आग्रह गर्दै मुहानको चयन देखि पाईप लाईन विस्तारमा कोही कसैले बाधा ब्यवधान गर्छन भने तिनीहरुलाई कारवाही गर्न महानगरपालिका पछि नहट्ने प्रशंग उठाउदै मेरो घर आगनमा बाटो र पानी आओस तर मेरो जग्गा कत्ती पनि नजाओस भन्ने सोचको अन्त्य हुनु पर्छ प्रमुख जिसीको भनाई रहेको थियो । बढ्दो सहरीकरण र बसाई सराईलाई ध्यानमा राख्दै अव बन्ने योजनालाई पनि निर्भाहामुखी बनाएर कति दिन चलाउने तर्फ प्रतिप्रश्न गर्दै प्रमुख जिसीले दिर्घकालीन योजना र प्रविधीमैत्री वातावरणबाट अगाडी वढेमात्र हामीले परिकल्पना गरेको महानगरपालिका बन्न सक्छ उनको धारणा रहेको थियो ।

सस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले सस्थाको गतिबिधी र भावी योजनाका बारेमा जानकारी गराउदै बढ्दो जनसख्यालाई विद्यमान योजनाले धान्न नसक्ने भएकाले बैकल्पीक परियोजनाको खोजी गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पाटीका नेता बखानसिह गुरुङ,संकर पौडेल,कास्की काग्रेसका सचिव सुदिपमोहन भटराई,सस्थाका पुर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य,निर्वतमान अध्यक्ष बोधराज लामिछाने,वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद बराल, वडा नं ३०का वडाअध्यक्ष श्रीराम पोखरेल,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी,क्षेत्रिय अनुगन तथा सुपरिबेक्षण कार्यालयका सिनियर डिभिजन किरण पौडेल,निर्मल पोखरी पुडी खानेपानी योजनका अध्यक्ष केशर निर्दोसी र सम्पुर्ण महिलाहरुको तर्फबाट बिमला पहारी लगाएतले खानेपानीको शद्धिकरणलाई मध्यनजर राख्दै सवै जना जिम्मेवार बन्नु पर्ने सुझाव दिएका थिए ।

सोही अवसरमा सस्थाको स्थापना काल देखि बर्तमान अवस्थासम्म सस्थालाई सहोग पु¥याउदै आउनु भएका पुर्व अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य,विभिन्न क्षेत्रका असल कर्मचारी मकन बहादुर गुरुङ,कोपीला नेपाली,रनबहादुर गुरुङ,महेन्द्र प्रसाद तिवारी र असल उपभोक्ता रामजीप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । सस्थाका अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिव मुराली शर्माले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष हरि प्रसाद लामिछानेले गरेका थिए ।