लेक लागेर गौतमको मृत्यु

चरिकोट, मंसिर ८ ।
दोलखाको प्रसिद्ध धार्मिक तथा पर्याटकीय स्थल कालिञ्चोक मन्दिर दर्शन गर्न आएका एक पर्यटकको लेक लागेर मृत्यु भएको छ । काठमाडौं काँडाघारीबाट दर्शन गर्न आएका ५८ वर्षीय कृष्णप्रसाद गौतमको आज मृत्यु भएको हो ।

अत्यधिक चिसो र लेक लागेका कारण गौतमको मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए । दोलखाको कुरी बजारमा बास बसेको होटलमा नै उनको स्वास्थ्यमा समस्या देखा परेको थियो ।

आज बिहान सदरमुकामस्थित सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भएको बताइएको छ । गौतमसहितको टोली काठमाडौँबाट बस रिर्जभ गरी कालीञ्चोक दर्शनका लागि शुक्रबार दोलखा आएका थिए ।